ghar sansar

बाबाथानको अलपत्र सडक निर्माण अघि नबढे चरणबद्ध आन्दोलन गर्ने स्वतन्त्र समूहको चेतवानी

dirghayu ad

महेन्द्रनगर । दोधारा चाँदनीमा स्वतन्त्र समूहले बाबाथान बजारमा अलपत्र सडक निर्माण कार्य अघि बढाउन माग गरेको छ । अलपत्र सडक अनुगमनपछि स्वतन्त्र समूहले विज्ञप्ति सार्वजनिक गरी सडक निर्माण सुरु नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।

स्वतन्त्र समूहका अध्यक्ष भीम कुमालको नेतृत्वमा सडक अनुगमन गरिएको हो । सडक अनुगमनपछि बसेको स्वतन्त्र समूहको बैठकले नगरपालिकामा विकास निर्माण, सुशासन, वासिन्दालाई सेवा प्रवाह सम्बन्धि छलफल गरिएको छ ।
भेलापछि समूहका अध्यक्ष कुमाल र सचिव भक्त बहादुर सुनारले विज्ञप्ति सार्वजनिक गरी अलपत्र सडक बनाउन माग गरेका छन् ।

ratnam malkhad

दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजार क्षेत्रमा सडक निर्माण अलपत्र भएपछि स्थानीय आवतजावतमा सास्ती खेप्दै आएका छन् ।

‘दोधारा चाँदनी नगरपालिका–७ बाबाधान बेजार सडक (मुल सडक खण्ड) विगतको लामो समय देखि निमार्ण कार्य अबरुद्ध भई स्थानियहरुको आवागमन असहज हुदै आएको तथा बजार क्षेत्र निरन्तर कुरुप हुदै गएकाले यस विषयमा हाम्रो (स्वतन्त्र समुहको) गम्भीर ध्यानकषर्ण भएको छ् । उक्त सडक जनताको जनजिविका संग प्रत्यक्ष जोडिएकोले मुलसडक तत्काल निमार्ण गरि जनतालाई आवत– जावत सहज गरिदिनु ध्यानआकर्षण गराउन चाहान्छौं । उक्त कार्य नगरेको खण्डमा हाम्रा स्वतन्त्र समूह चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौं’ विज्ञप्तिमा भनिएको छ ।

Himal dental
सम्बन्धित
Loading...