ghar sansar

डोजर लगाएर भत्काइए पूरानो वसपार्कका अवैध संरचना

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले पूरानो बसपार्क क्षेत्रमा नगर विकास समितिको जग्गा कब्जा गरी निर्माण गरिएका संरचना हटाएको छ । भीमदत्त नगर विकास समितिको निर्णय अनुसार पहिलो चरणमा होटेल ओेपेरा पछाडि निर्माणाधिन अवैध संरचना हटाउने क्रममा सोमबार पूरानो वसपार्क क्षेत्रमा डोजर लगाएर संरचना हटाइएको हो ।

भीमदत्त नगरपालिकाले शनिबारदेखि डोजर लगाएर अवैध संरचना हटाउन थालेको हो । भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष सुशिल कुमार भट्टले अवैध संरचना हटाउने अभियान अन्र्तगत सोमबार पूरानो वसपार्क क्षेत्रका संरचना डोजर लगाएर हटाइएको बताए ।

तत्कालिन महेन्द्रनगर विकास समितिको जग्गा कब्जा गरी केही वर्ष अघि ती संरचना निर्माण गरिएका हुन् । भीमदत्त नगर विकास समितिले केही दिन अघि अवैध संरचना हटाउने निर्णय गरेको थियो ।

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले आइतबारसम्म ओपेरा पछाडि पाँच दर्जन बढी संरचनामा डोजर लगाएर भत्काएको जानकारी दिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...