ghar sansar

राप्रपा मजदुर संगठनको जग्गाको अर्कैले पूर्जा लिएको खुलासा, जग्गा खाली गर्न पाँच दिने अल्टिमेटम

khasi

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले तत्कालिन महेन्द्रनगर नगर विकास समितिले आफ्नो मजदुर संगठनलाई दिने निर्णय गरेको जमिन अर्कै दुई जनाले जग्गाधनी पूर्जा बनाएर उपभोग गरिरहेको खुलासा गरेको छ ।

राप्रपाले मंगलबार पत्रकार सम्मेलन गरी नगर विकास समितिले २०५८ मंसिर ३ गते नगर विकास समितिको बोर्ड बैठकले निर्णय गरी दिएको जमिन अरुले जग्गाधनी पूर्जा बनाएर घर टहरा बनाउनु लागेकोमा आपत्ति प्रकट गरेको छ ।

Anant bahu travels

राप्रपा कञ्चनपुर सचिव शिशिर थापाले नगर विकास समितिको बोर्डले कञ्चनपुर होटल व्यवसायी संघको कार्यालय जाने बाटोमा आफ्नो पार्टीको नेपाल यातायात प्रजातान्त्रिक मजदुर संगठनलाई दिएको एक कट्टा जग्गा जग्गाधनी पूर्जा बनाएर अरुले प्रयोग गरेको बताए ।

सचिव थापाका अनुसार नगर विकास बोर्डले २०५८ मा राप्रपाका मजदुर संगठन र काँग्रेसको नेपाल यातायात मजदुर संघलाई समितिको २८०५ नम्बर कित्ताबाट सरकारी मूल्य लिने गरी एक÷एक कट्टा जग्गा दिने निर्णय भएको थियो । समितिको निर्णयपछि संघले नगर विकास समितिमा १० हजार शुल्क बुझाएको थापाले बताए ।

राप्रपाले जग्गाको सबै शुल्क तिर्दा पनि केही कारण जग्गाधनी पूर्जा बनाउन नसकेको पत्रकार सम्मेलनमा बताए । उनले तत्कालm जग्गा दिने निर्णय विरुद्ध सर्वोच्चमा परेको मुद्दामा पनि आफूहरुले जितेको बताए ।

स्वर्गिय मजदुर नेता धर्मानन्द पन्तले २०५८ मा नगर विकास समितिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

dirghayi clinic

‘यसमा मजदुर नेता धर्मानन्द पन्तज्यूले रिट दायर गर्नु भएको थियो, त्यसमा पनि हामीले जितेका छौ, २६ वर्ष अघि भयो हामीले जग्गा पाएको हो, सबै दस्तुर बुझाएका छौ’ पत्रकार सम्मेलनमा उनले भने,‘केही प्रक्रिया नमिलेर पूर्जा उठाउन सकेनौ ।’

अहिले उक्त जग्गा लक्ष्मी विष्ट र गीतादेबी सिहको नाममा पूर्जा बनेको थापाले बताए । उनका अनुसार विष्टले २०६६ र सिहले २०५८ मा जगाको पूर्जा बनाएको देखिएको हो ।

उनीहरु दुबैले महेश विष्टबाट जग्गा किनेको बताउँदै आएको छन् । अहिले उक्त जग्गामा घर टहरा बनाउन थालेका छन् । भीमदत्त नगरपालिकाले अवैध संरचना हटाउने अभियान सञ्चालन गरेपछि त्यस क्षेत्रमा घर टहरा बनाउन थालिएको हो ।

राप्रपा सचिव थापाले भूमाफिया र कर्मचारीको मिलेमतोमा जग्गाधनी पूर्जा बनेको बताए ।

पत्रकार सम्मेलनमा राप्रपाले आफ्नो जग्गामा घर टहरा निर्माण कार्य बन्द गराउन माग गरेको छ । राप्रपा सचिव थापाले घर टहरा निर्माण कार्य बन्द गरी समान फिर्ता लग्न बुधबारदेखि पाँच दिनको अल्मिेटम दिए ।

‘यो पाँच दिनभित्र काम बन्द भएन भने त्यहाँका उपकरण सहित नियन्त्रणमा लिएर अघि बढ्छौ’ उनले भने ।

थापाले न्यायिक समिति बनाएर छानबिन गर्न समेत माग गरे । राप्रपाको मजदुर संगठनका पूर्व केन्द्रीय सदस्य अंक बहादुर कुँबरले नगर समितिले निर्णय कार्यान्वयन गर्नु पर्ने बताए ।

पत्रकार सम्मेलनका राप्रपाका भीमदत्त नगर अध्यक्ष करन सिह पाल, विद्यार्थी नेता प्रेम रावल, सूर्य बहादुर चन्द लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...