ghar sansar

सिरोहिया पक्राउ विरुद्ध उभिए भीम रावल, भने–कानुनी राज्यको उपहास हो, के मन्त्री र अरुका लागि फरक फरक कानुन छ ?

महेन्द्रनगर । एमाले नेता एवं पूर्व गृह मन्त्री भीम रावलले गृहमन्त्री रवि लामिछानेसँग कानुन विपरीत दुई नागरिकता र राहदानी लिएकोमा कारबाही नगरेको प्रसंग उललेख गर्दै कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरी कानुनी राज्यको उपहास भएको बताएका छन् ।

‘गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानुन विपरीत विदेशको समेत गरी दुई नागरिकता र राहादानी हुँदा केही कारबाही नगर्ने तर कैलाश सिरोहियालाई दुईवटा नागरिकतामा ’विवरण फरक परेको’भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने ?’ रावलले सामाजिक संजाल एक्समा लेखेका छन्, ‘के मन्त्री र अरूका लागि फरक–फरक कानुन छ ? कानुनी राज्यको उपहास ।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको हो ।

स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...