महेन्द्रनगर । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको होटल व्यवसायमा लगानी भएको खुलासा भएको छ । मन्त्री भण्डारीको सार्वजनिक सम्पत्ति विवरण अनुसार होटलमा ८ लाख शेयर भएको खुलेको छ । मन्त्रीको शेयर लगानी भएको होटेलको नाम भने सार्वजनिक गरिएको र्छैैन ।
बैतडीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भण्डारी तेस्रो पटक मन्त्री भएका हुन् । बैतडीको पाटनमा ६ कोठे घर भएका उनका गृह जिल्ला र कञ्चनपुरमा २ कठ्ठा जग्गा छ । मन्त्री भण्डारीसित ६ तोला सुन, १२ लाख ३८ हजार नगद भएको सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
एमाले केन्द्रीय सदस्य भण्डारी बैतडीबाट तेस्रो पटक लगातार प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला नेता मानिन्छन् ।
भण्डारी दुई वर्ष अघि पुष्पकमल दाहाल नेतृत्वकै सरकारमा मन्त्री भएका थिए । माओवादी केन्द्रले काँग्रेससित गठबन्धन गरेपछि मन्त्रीबाट हटेका उनी फेरि नयाँ गठबन्धन बनेपछि सोही मन्त्रालयमा फर्र्किएका हुन् ।