ghar sansar

दुई वर्षसम्म आफ्नै प्रमुख चुनावी मुद्दामा चुकेका मेयर उप मेयर

janjyoti campus

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक जोशी बुधबार भीमदत्त नगरपालिका १९ बागफाँटास्थित सिद्धबैजनाथ त्रिबेणी धाम (शिवालय तिर्थाटन) को गौशाला उद्घाटन कार्यक्रममा प्रमुख अतिथि थिइन् ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा उप मेयर जोशीले गौशाला उद्घाटन गरिन् । त्यसपछि मन्तव्य राख्ने क्रममा सरकारले गर्न नसक्ने काम त्रिवेणी धाम समितिले गरेको भन्दै धन्यवाद दिइन् । उनले भीमदत्त नगरपालिकाबाट गौशाला र धामको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएर मन्तव्य सकिन् ।

western public academy

‘सरकारले गर्न नसक्ने काम धाम समितिले गरेको गरेको छ, छाडा पशु चौपाया व्यवस्थापनका लागि गौशाला बनाइएको छ , अब यसबाट सक्दो लाभ लिनु पर्छ’ कार्यक्रममा उप मेयर जोशीले भनिन् । उनले भीमदत्त नगरपालिकाले एक वडा एक गौशाला बनाउने योजना ल्याएको उल्लेख गरिन् ।

सिद्ध बैजनाथ त्रिबेणी धाम समितिले धाममा गौशाला सञ्चालनमा ल्याएको हो । समितिले स्थानीय स्तरबाट सहयोग संकलन गरी गौशाला सञ्चालनमा ल्याएको समितिका अध्यक्ष मिलन सिहले बताए ।

भीमदत्तका मेयर पदम बोगटी र उप मेयर जोशीले २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित भएर जेठ ९ गते पदभार ग्रहण गरेका हुन् । दुई वर्ष अघि स्थानीय तह निर्वाचनमा मेयर बोगटी र उप मेयर जोशी गौमाता र नन्दी ( छाडा पशु चौपाया) व्यवस्थापनलाई प्रमुख चुनावी मुद्दा बनाएका थिए ।

चुनावमा निर्वाचित भएपछि पदभार ग्रहणपछि उनीहरुले छाडा पशु चौपायाको आधुनिक व्यवस्थापन गर्ने भन्दै आश्वासन बाँडे । दुई वर्षसम्म छाडा चौपाया व्यवस्थापन गर्न नसकेपछि बुधबार उप मेयर जोशीले संस्थाको गौशाला उद्घाटन गर्दै नगरपालिकाको निरीहता देृखाएकी हुन् । चुनावी वाचा अनुसार चौपाया व्यवस्थापन गर्न नसकेपछि उनले सरकारले गर्न नसकेको काम समितिले गरेको भन्दै आफैंप्रति व्यङ्ग्य गरेकी छन् ।

उप मेयर जोशीले चौपाया व्यवस्था गर्न नसकेको स्वीकार गरेको मन्तव्य राख्दा मेयर बोगटी काठमाडौंमा छन् । मेयर बोगटी बुधबार मझगाउँ विमानस्थलको निर्माण कार्य अवरोधका लागि काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकसित रक्षामन्त्री हरि उप्रेती र प्रधानसेनापति प्रभुराम शर्मासित देखिएका छन् ।

उप मेयर जोशीले सार्वजनिक कार्यक्रममा नगरपालिका सबै वडामा गौशाला बनाउने योजना कार्यान्वयन गर्न लागिएको धारणा राखिन् ।

चालु आर्थिक वर्ष सकिन लाग्दासम्म भीमदत्त नगरपालिका १३ बाहेक अन्य वडामा गौशाला सञ्चालन हुन सकेका छैनन् । भीमदत्तको एक वडा एक गौशला योजना अनुसार १० नम्बर वडामा पनि गौशाला सञ्चालन गर्ने तयारी गरिएको छ । वडा अध्यक्ष महेश चन्दले सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा गौशाला निर्माण गर्न लागिएको बताए ।

dirhayu

भीनपा १३ मा गत वर्षदेखि गौशाला सञ्चालनमा आएको हो । वडा अध्यक्ष राम बहादुर बोहराको चुनावी वाचा अनुसार गौशाला सञ्चालनमा ल्याएका छन् । नगरपालिकाले गत वर्ष गौशालाका लागि जग्गा खोज्न गत वर्ष वडा अध्यक्ष बोहराको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको सिफारिशपछि गौशाला बनाउने कार्य रोकिएको थियो ।

भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षमा छाडा पशु चौपाया व्यवस्थापनका लागि अक्षय कोष स्थापना गर्न एक करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष सकिन लाग्दासम्म अक्षय कोष स्थापना गर्ने कार्यको प्रक्रिया सुरु नहुने अवस्था आएको छ । नगरपालिकाले अहिलेसम्म अक्षय कोष स्थापनाका लागि छलफल समेत नगरेको जनप्रतिनिधिहरु बताउँछन् ।

अक्षय कोष स्थापना गरी त्यसबाट आउने ब्याज रकमबाट चौपाया व्यवस्थापन गर्ने लक्ष्य लिइएको छ । अघिल्लो आर्थिक वर्षमा चौपाया व्यवस्थापनका लागि बजेट विनियोजन नभएपछि चौपाया व्यवस्थापन अघि बढाउन समस्या परेको थियो ।

दुई वर्षमा मेयर र उप मेयरले चौपाया व्यवस्थापनका लागि बर्दिया पुगेर अध्ययन भ्रमण गरेका छन् । त्यस बाहेक जग्गा खोजीका लागि नगरपालिका केही वडामा पुगेका उनीहरु त्यसपछि चौपाया व्यवस्थापनमा उदासिन छन् ।

छाडा पशु चौपायाका कारण हैरान स्थानीयले दुई पटक चौपायालाई नगरपालिका कार्यालय लगेर छाडि दिएका छन् । त्यसपछि व्यवस्थापन गर्ने प्रतिवद्धता गरिए पनि चौपाया व्यवस्थापनलाई वेवास्ता गर्ने गरिएको सरोकारवालाहरु बताउँछन् ।

चौपाया व्यवस्थापनका लागि गौशाला बनाउन भीमदत्तले अघिल्लो वर्षमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट घाँस समेत काटेको थियो । मेयर र उप मेयर दुबैले घाँस काटेका तस्बिर भाइरल भएका थिए । निकुञ्जबाट नगरपालिका कार्यालयमा ल्याएर राखिएको घाँस कुहिएको कर्मचारीहरु बताउँछन् ।

भीमदत्त नगरपालिका १४ का वडा अध्यक्ष भुवन भट्टले पनि चुनावमा गरिएको वाचा अनुसार छाडा चौपाया व्यवस्थापन गर्न नसकिएको बताए । ‘गौमाता र नन्दी व्यवस्थापन प्रमुख मुद्दा थियो, यसमा वाचा अनुसारका काम हुन सकेको छैन’ उनले भने ।

अघिल्लो वर्ष चौपाया व्यवस्थापनका लागि मेयर बोगटी,उप प्रमुख जोशी र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले बर्दियाको बारबर्दिया नगरपालिका–९ कतर्निया स्थित गौ सेवा केन्द्रको अवलोलन भं्रमण गरेका हुन् ।

त्यसपछि भीमदत्तले बेदकोट नगरपालिकासित सहकार्यमा चौपाया व्यवस्थापन गर्ने योजना बनायो । दुई नगरपालिकाबीच छलफल भए पनि कानुनी रुपमा लगानी गर्न नसक्ने अवस्था आएपछि भीमदत्तमा जग्गा खोजी गरिएको थियो ।

मेयर उप मेयर सहित नगरपालिकाको टीमले बेदकोट नगरपालिका–४ बैतडा स्थित सम्भावित जग्गाको अवलोकन समेत गरेको थियो । बेदकोट नगरपालिकाले बैतोडामा चौपाया व्यवस्थापन गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...