
महेन्द्रनगर । प्रहरीले शुक्रबार दुई लाख बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरी कार्यालय गड्डाचौकीले अन्दाजी ५२ हजार ३५६ मूल्य, अस्थायी प्रहरी बिट मझगाउँले ४० हजार मूल्यको अवैध सामान बरामद गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले अन्दाजी ५६ हजार चार सय र अस्थायी प्रहरी पोस्ट आईबीआरडीले ४४ हजार पाँच सयगरी अन्दाजी एक लाख ९३ हजार २५६ मूल्यको अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरेको दाल, मिस्रि, मटर, खुकुरी चुरोट, बिडी, तेल, सुर्ती लगाएतको सामान कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ।
