Sarsoti

भारतको बैङलोरबाट घर फर्किएका उल्टाखाम महोलियाका टमटा सम्पर्क विहीन, खोजीका लागि सबैमा आग्रह

lotus institute

महेन्द्रनगर । भारतको बैंङ्लोरबाट घर फर्किएका एक नेपाली बाटोमै वेपत्ता भएका छन् । तीन दिन अघि बैङ्गलोरबाट परिवार सहित फर्किएका भीमदत्त नगरपालिका २ उल्टाखामा महोलियाका कृष्ण टमटा हैदरावादबाट सम्पर्क विहीन भएका हुन् ।

Mahendranagar

बैङलोरबाट रेलमा परिवारसंगै आएका उनी हैदरावादमा रेलबाट बाहिर निस्केर छुटेपछि सम्पर्क विहीन भएका छन् । टमटाका श्रीमति र छोरा भने दिल्ली पुगेका छन् । अहिले उनीहरु आफन्तकहाँ बसि रहेका छन् ।

morning glory

टमटा परिवारले वेपत्ता कृष्णको खोजीका लागि आग्रह गरेका छन् । सम्पर्क विहीन भएका टमटाको अवस्था पत्ता लगाउन उनका आफन्त सोमबार ज्योतिषलाई हेराउन पुगेका छन् । टमटाकी दिदीले झलारी पुगेर ज्योतिषलाई दाना हेराएका छन् ।

सम्पर्क विहीन टमटाका श्रीमति र छोरालाई लिन उनको घर परिवारका सदस्य दिल्ली गएका छन् । टमटा परिवारले भारतमा भएका आफन्तसित उनको खोजीका लागि सहयोगको आग्रह गरेका छन् ।

saark school
सम्बन्धित
Loading...