ghar sansar

ओपरोको स्विमिङ्ग पुलको चाबी जिम्मामा बोगटीलाई एमाले जनप्रतिनिधिले दिए साथ, काँग्रेसका अधिकाँश कार्यपालिका सदस्यले नै दिएन साथ

dirghayu ad

महेन्द्रनगर । भीमदत्तका मेयर पदम बोगटीले होटेल ओपेराको विवादित स्विमिङ्ग पुलको चाबी होटेलमा गएर जिम्मा लिने कार्यमा नेकपा(एमाले)का अधिकाँश जनप्रतिनिधको साथ पाएका छन् ।

भीमदत्त नगरकार्यपालिकाका एमालेका तीन कार्यपालिका सदस्यमध्ये दुई जना सोमबार चाबी बुझाउने गरिएको पत्रकार सम्मेलनमा सहभागी भएका छन् । माओवादी केन्द्रका सबै वडा अध्यक्ष र काँग्रेसका दुई बाहेक अन्य सबै वडा अध्यक्ष कार्यक्रममा अनुपस्थित भएका छन् ।

ratnam malkhad

एमालेबाट निर्वाचित भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटा र भीनपा ७ का वडा अध्यक्ष गणेश बहादर चन्द चाबी बुझाउन गरिएको कार्यक्रममा सहभागी भए । एमालेबाट निर्वाचित भीनपा ९ का वडा अध्यक्ष गगन सिह कार्की भने सहभागी भएका छैनन् ।

वडा अध्यक्ष देवकोटाले आफूलाई अर्र्कै कार्यक्रमका लागि जानकारी गराएपछि आएको बताए । उनी कार्यक्रम सुरु भएको केही समयपछि कार्यक्रममा सहभागी भएका थिए ।

ओपेराका सञ्चालक खगेश्वर बोहराले सोमबार विहान होटल ओपेरामा पत्रकार सम्मेलन गरी स्विमिङ्ग पुलको ताला चाबी भीमदत्त नगरपालिकालाई बुझाएको हो ।

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थी र भीनपा ४ का वडा अध्यक्ष सुशिल कुमार भट्टले मेयरको प्रतिनिधिका रुपमा ताला चाबी बुझेका छन् ।

नगर प्रवक्ता अवस्थी र भट्ट बाहेक अन्य काँग्रेसका कार्यपालिका सदस्य कार्यक्रममा सहभागी भएन । भीमदत्तमा काँग्रेसका १३ वडा अध्यक्ष निर्वाचित छन् । माओवादी केन्द्रका २ वडा अध्यक्ष छन् । चाबी बुझाउने कार्यक्रममा भीनपा १३ का स्वतन्त्र वडा अध्यक्ष राम बहादुर बोहरा पनि अनुपस्थित भएका छन् ।

होटेल ओपेरा सञ्चालक खगेश्वर बोहराले भीमदत्तका मेयर पदम बोगटीलाई विवादित स्विमिङ्ग पुलको चाबी बुझाउने तयारी गरे पनि उनी अन्तिममा पछि हटेका छन् । मेयर बोगटी विशेष कारणले होटेल ओपेरामा आएर चाबी बुझ्न नसकेको बोहराले बताए ।

होटेले ओपेराले मेयर बोगटीको प्रमुख आतिथ्यमा सोमबार विहान सम्मेलन गरी स्विमिङ्ग पुलको चाबी बुझाउने तयारी गरेको थियो । अन्तिममा मेयर बोगटीले नगर प्रवक्ता पदमराज अवस्थी र भीनपा ४ का वडा अध्यक्ष एबम् भीमदत्त नगर विकास समितिका सदस्य सुशिल कुमार भट्टलाई ओपेरा पठाएर चाबी लिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...