पाटन विमानस्थलमा १६ करोड स्वाहा, अब साहसिक उडान

Amity

महेन्द्रनगर । बैतडीमा पाटनमा बन्द विमानस्थलमा निजी क्षेत्रसँगको सहकार्यमा साहसिक उडान गराउने संघीय बजेटमा उल्लेख गरिएको छ ।

विमानस्थलमा प्याराग्लाइडिङ, स्काइडाइभिङ, प्यारासुट, अल्ट्रालाइट लगायतका मनोरञ्जन तथा साहसिक उडान गराइने विषयमा आगामी आर्थिक वर्षको बजेटमा राखिएको हो। पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा स्थानीय समस्यामा परेका छन् ।

janjyoti campus

प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो। त्यसयता पाटन विमानस्थलबाट कुनै उडान हुन सकेको छैन। पाटन विमानस्थलमा व्यावसायिक उडान नहुँदा झन्डै १६ करोडका संरचनाहरू प्रयोगविहीन बनेका छन् ।

पाटन–धनगढी १७ मिनेटको हवाई दूरीमा छ । २०५१ सालदेखि बन्द रहेको पाटन विमानस्थलमा २६ वर्षपछि २०७७ साल असोजमा विमान अवतरण भएको थियो । त्यसबेला परीक्षण उडानमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई सवार थिए। तर, एक वर्ष पनि नचलेर सो विमानस्थल पुनः बन्द हुन पुगेको हो ।

अहिले गौचरन बनेको विमानस्थलको ‘रनवे’ मा युवायुवती टिकटक बनाउँछन् । २०७७ असोजदेखि २०७८ चैतसम्म) १५÷१६ पटक मात्र फ्लाइट भएको थियो । नागरिक उड्डयन प्राधिकरणका अनुसार दोस्रो पटक उक्त विमानस्थल सञ्चालनमा ल्याउँदा सरकारले १६ करोड २ लाख रुपैयाँ खर्च गरेको छ ।

 

ghar sansar
सम्बन्धित
Loading...