ghar sansar

भीमदत्तमा फेरि अर्को लफडा : वडा अध्यक्ष देवकोटालाई उप मेयरबाटै आयो राजनीतिक दुर्घटना गराउने धम्की, उप मेयर भन्छिन्– धम्की दिएको होइन, सबै जनप्रतिनिधिमाथि राजनीतकि दुर्घटना हुन सक्छ भनेकी हुँ

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटाले उप मेयर निलम लेखक जोशीले आफूलाई राजनीतिक दुर्घटना गराउने धम्की दिएको बताएका छन् ।

वडा कार्यालयले नगरपालिका कार्यालयमा पठाएको झोला बुनाई तालिम सञ्चालन ढिलो भएपछि शुक्रबार दिउँसो छलफलका लागि नगरपालिका कार्यालय पुगेका वडा अध्यक्ष देवकोटालाई उप मेयरले फोन गररी धम्की दिएकी हुन् ।

उप मेयर जोशीको धम्कीपछि वडा अध्यक्ष देबकोटाले फेसबुकमा आफूलाई राजीनितक दुर्घटना गराउने धम्की आएको सार्वजनिक गर्दै कसरी बाँच्ने भनेर स्टेटश लेखेका छन् ।

वडा कार्यालयको वार्षिक कार्यक्रम अनुुसार झोला बुनाई तालिमको सार्वजनिक सूचना गरी तालिम दिने संस्थाका आवेदन संकलन गरी थप प्रक्रियाका लागि वडाले फागनु अन्तिम साता नगरपालिका कार्यालय पठाएको थियो ।

dirghayi clinic

तीन महिनासम्म तालिम सञ्चालन प्रक्रिया अघि नबढेपछि शुक्रबार वडा अध्यक्ष देबकोटा र वडा अध्यक्ष दिनेशराज भट्ट नगरपालिका कार्यालय पुगेका थिए ।

नगरपालिकामा खरिद समितिका संयोजक दिपेन्द्र जोशी, मूल्याङ्कन समिति संयोजक जयराज भट्ट, महिला तथा बालबालिका शाखा प्रमुख कुन्ति लेखक सहितको छलफल हुँदा उप मेयर जोशीले लेखकलाई फोन वडा सचिव भट्टसित कुराकानी गरेकी थिइन् । त्यसपछि उप मेयर जोशीले फोन गरी आफूलाई राजनीतिक दुर्घटना हुने धम्की दिएको वडा अध्यक्ष देबकोटाले बताए ।

‘वडा कार्यालयले टिप्पणी उठाएर नगरपालिका कार्यालय पठाएको धेरै धेरै भयो, त्यसको प्रक्रिया अघि नबढेपछि आज नगरपालिका कार्यालय गएका हौ, त्यहाँ छलफल भयो, त्यसपछि उप मेयर सापले मलाई फोन गरी राजनीतिक दुर्घटना हुने धम्की दिनु भयो, मैले राजनीतिक दुर्घटना भई सकेको मान्छे हुँ, जे गर्नु छ गर्न भने’ उनले भने,‘ममाथि अब केही भए त्यसको सम्पूर्ण जिम्मेवारी वहाँले नै लिनु पर्छ, म यसले निकै तनावमा छु ।’

उप मेयर जोशीले भने आफूले वडा अध्यक्ष देवकोटालाई धम्की नदिएको बताइन् । ‘तालिमको विषयमा हो, मैले वहाँलाई हामी सबै जनप्रतिनिधि हो, राजनीतिक रुपमा सबै दुर्घटनामा पर्छौ भनेको हो, त्यसलाई गलत रुपमा बुझ्नु भएको रहेछ’ उनले भनिन्,‘वहाँलाई मैले यस्तो भन्ने कुरा हुँदैन, वहाँ मेरो नाताले ज्वाई पनि पर्ने हुन्छ, एकै वडाको पनि हो, मैले वहाँलाई सक्दो सहयोग सहयाृेग गरेको छु ।’

वडा अध्यक्ष देवकोटाले धम्कीबारे मेयर पदम बोगटीलाई जानकारी गराएका छन् । मेयर बोगटीले छलफल गरी हल गरिने जवाफ दिएको उनले बताए ।

Himal dental
सम्बन्धित
Loading...