महेन्द्रनगर । कैलालीको ऐश्वर्य विद्या निकेतन तथा नेपाल गणित समाजले आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय गणित प्रतियोगितामा ईन्टरनेशनल पब्लिक स्कुल कञ्चनपुरले प्रथम स्थान हासिल गरेको छ ।
प्रतियोगितामा प्रथम चरण ९७ , दोस्रो चरण १६ र अन्तिम तेस्रो चरणमा ६ विद्यालय सहभागी भएमा इन्टरनेशनले सबैलाई उछिन्दै प्रथम स्थान हासिल गरेको छ । ईन्टरनेशनलका कक्षा १० का नैतिक बैज, सुप्रीत रावल र दिपेश पाण्डे प्रतियोगितामा सहभागी भएका हुन् ।
प्रतियोगितामा महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण ) कटान दोस्रो र दुर्गा लक्ष्मी माबि अत्तरिया कैलाली तेस्रो भएका छन् ।
प्रतियोगितामा प्रथम इन्टरनेशनल शैक्षिक, भौतिक र अतिरिक्त क्रियाकलापमा सुदूरपश्चिममा अब्बल शिक्षण संस्थाको पहिचाना बनाएको छ । एसइई परीक्षामा सुदूरपश्चिममा सात पटक प्रथम भइ नेपाल सरकारबाट क्षेत्रीय विद्या शिल्डबाट पुरस्कृत भएको छ ।
यसैगरी २०७२ को एसइई परीक्षमामा इन्टरनेशनका विद्यार्थी सुभाष लामिछाने नेपाल तेस्रो भएका थिए । स्थानीय देखि राष्ट्रिय ,अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिता निरन्तर सहभागी हुँदै आएको विद्यालयले यस पटक प्रदेश स्तरीयय प्रतियोगितामा प्रथम स्थान ल्याएको छ ।
विद्यालयका गणित विषयका सिनियर शिक्षकहरु नगेन्द्र कलौनी र गोबिन्द गिरीमा कलौनीलाई गत वर्ष २०८० को राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने नेपाल सरकारले घोषणा गरेको छ ।
संस्कार सहितको गुणस्तरिय शिक्षा दिदै आएको यस बिद्यालयले दुई वर्ष अघि २०७९ मा आफ्नो रजत जयन्ती मनाएको थियो ।
विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा लिलाध्वज बस्नेत र सञ्चालक समिति अध्यक्ष गौराज बहादुर लिम्बू, प्रिन्सिपल राजेन्द्र भट्ट र प्रमुख सञ्चालकमा गणेश बोहरा छन् ।