ghar sansar

सुदूरपश्चिम सरकारमा एमालेको अचम्मको चरित्र, आफू सरकारमा नजाने, मुख्यमन्त्रीलाई धम्क्याएको धम्क्यायै

little buddha academy
khasi

महेन्द्रनगर । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई योजना खरिद बिक्रीको बजेट नल्याउन चेतावनी दिएका छन् ।

उनले योजना किन्ने र बिक्री गर्नेको बजारमा बिगबिगी देखिएकाले बजेट बनाउदा जनअपेक्षाको ख्याल गरिनु पर्ने सोमबार पत्रकार सम्मेलन गरी बताएका हुन् ।

,orning glory badhai
dirghayi clinic

मुख्यमन्त्री सोडारीले बिचौलिया पोस्ने खालको बजेट ल्याए समर्थन गर्न नसकिने एमालेले स्पष्ट पारेको छ । सरकारमा बसेर जनपक्षीय काम गर्ने अवस्था नबने नेकपा एमालेले प्रदेश सरकार छोड्ने चेतावनी दिएको छ । सुदूरपश्चिममा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारी नेतृत्वको सरकारलाई समर्थन गरेर पनि एमाले अहिलेसम्म सरकारमा सहभागी भने भएको छैन ।

मुख्यमन्त्री सोडारीलाई नेकपा एमालेले योजना खरिद–बिक्री नगर्न चेतावनी दिएको छ। जनपक्षीय बजेट निर्माण गर्न एमालेले प्रदेश सरकारको ध्यानाकर्षण गराएको नेकपा एमाले प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री रावलले बताए ।

‘योजना किन्ने र बेच्नेहरूको यहाँ बजारमा बिगबिगी छ । बिचौलियाको होइन, आम जनताको बजेट हुनु पर्छ, सर्वहारा वर्गको बजेट हुनुपर्छ, किसानको बजेट हुनुपर्छ’, रावलले भने ।

Himal dental
सम्बन्धित
Loading...