ghar sansar

एमालेमा पालिकामा पनि प्रतिस्पर्धालाई प्रतिबन्ध, भागबण्डाबाट पालिका अधिवेशन सुरुवात

dirghayu ad

महेन्द्रनगर । एमाले कञ्चनपुरमा जिल्लापछि पालिका कमिटीमा पनि निर्वाचन प्रणालीबाट नेतृत्व चुन्ने कार्य रोकिएर भागबण्डा प्रणालीलाई अबलम्बन गरिएको छ । पालिका अधिवेशनमा पनि सर्वसम्मत गरी सबै नेतालाई भाग पुगाउने प्रयास गरिएको छ ।

यस अघि चैतमा नवौ जिल्ला अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा केन्द्रीय कमिटीका सबै नेताको भागबण्डा पुग्ने गरी पदाधिकारी चयन गरी सर्वसम्मति कमिटी बनाइएको थियो ।

ratnam malkhad

नवौ जिल्ला अधिवेशनमा अध्यक्ष ओलीको भागमा समेत जिल्ला अध्यक्ष र सचिव परेका थिए । नवौ अधिवेशन उद्घाटन समारोह उद्घाटन गर्न आएका अध्यक्ष ओलीले अध्यक्षमा लक्ष्मी बुढा र सचिवमा पल्लवराज भट्टलाई बनाउन पर्ने निर्देशन दिएका थिए ।

अध्यक्ष ओलीको निर्देशनपछि जिल्ला अध्यक्ष र सचिव चयन गरी अन्य पदाधिकारीमा नेताहरुको भाग लगाइएको थियो ।
जिल्ला अधिवेशनपछि हुन लागेका पालिका अधिवेशनमा पनि नेताहरुको भाग पुग्ने गरी सर्वसम्मत चयन गर्न थालिएको छ ।

शुक्रबार भएका लालझाडी र दोधारा चाँदनी नगर कमिटीको अधिवेशन सर्वसम्मत गरिएका छन् । ती दुबै स्थानमा सहमतिका आधारमा कमिटी चयन गरिएका छन् ।

लालझाडी गाँउ कमिटीको अध्यक्षमा पुनः ओम प्रकाश राना चयन भएका छन् । ४१ सदस्यीय कमिटीको उपाध्यक्षमा रामदास राना, सचिव नारायण राना, उप सचिवद्वय राजेश राना, भागरथी भण्डारी चयन भएका छन् ।

एमाले पोलिट्ब्यूरो सदस्य नारदमुनी रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्ष मण्डल पार्टी केन्द्रीय सदस्य नर बहादुर धामी थिए ।

यसैबीच दोधारा चाँदनीमा गणेश भाट नगर अध्यक्ष भएका छन् । उनी यस अघि नगर कमिटी सचिव थिए ।

Himal dental
सम्बन्धित
Loading...