
महेन्द्रनगर । एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढामाथि शुक्लाफाँटा नगरपालिकाको झलारीमा दुव्र्यवहार भएको
छ । शुक्लाफाँटा नगरपालिकाको नगर अधिवेशनका लागि शनिबार झलारी पुगेकी अध्यक्ष बुढामाथि साँझ बजारमा दुव्र्यवहार गरिएको छ ।
एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख जनकराज अवस्थीले विज्ञप्ति प्रकाशित गरी केही अराजक र अपराधिक व्यक्तिहरुले अधयक्ष बुढामाथि अभद्र व्यवहार र गालीगलौज गरेकोमा कारवाही गर्नु पर्ने माग गरेका छन् ।

एमाले कञ्चनपुरले अध्यक्ष बुढामाथि दुव्र्यवहारमा संलग्नलाई कारवाही गर्न प्रशासन कार्यालयलाई आग्रह गरेको छ । एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशनबाट बुढा सर्वंसम्मत अध्यक्ष भएकी हुन् ।
