ghar sansar

भीमदत्तले आफ्नो मार्का सुन्नै नचाहेको भन्दै सर्वोच्च पुग्यो पाठक डेरी, अन्तरिम आदेशका लागि असार ७ गते पेशी

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आफ्नो मार्का सुन्न नचाहेको भन्दै पाठक डेरी इण्डिस्ट्रिज सर्वोच्च अदालत पुगेको छ ।

भीमदत्त नगरपालिकाले सर्बदलीय सर्वपक्षीय बैठक र भीमदत्त नगर विकास समितिको निर्णयका आधारमा खाली गर्न पत्राचार गरेपछि पाठक डेरीले तत्काल हटाउन सकिने अवस्था नभएको भन्दै भीमदत्तका नगर प्रवक्ता पदमराज अवस्थी र वडा नं. ४ का वडा अध्यक्ष सुशिल कुमार भट्टसित कुराकानी गरेको थियो ।

ratnam malkhad

नगर प्रवक्ता अवस्थी र वडा अध्यक्ष भट्ट दुबैले डेरलाई कुनै पनि हालतमा खाली गर्न पर्ने बताएपछि पाठक डेरीका सञ्चालक डेरीले सर्बदलीय र नगर विकास समितिको निर्णय विरुद्ध सर्वोच्च पुगेको हो ।

सर्वोच्चले तत्काल पाठक डेरीको माग अनुसार सर्बदलीय र सर्वपक्षीय तथा नगर विकास समितिको निर्णय कार्यान्वयन नगर्न आदेश दिँदै अन्तरिम आदेशका लागि छलफल गर्न असार ७ गते पेशी तोकिएको छ ।

पाँच दिन अघि २०८० चैत २८ गतेको सर्बदलीय र २०८१ जेठ ८ गतेको नगर विकास समितिको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिटा दायर गरिएको थियो ।

पाठक डेरीका सञ्चालक प्रेम प्रकाश पाठकलले भीमदत्तका नगर प्रवक्ता अवस्थी र वडा अध्यक्ष भट्टले कुनै पनि हालतमा खाली गर्नु पर्ने बताएपछि आफू अदालत पुगेको बताए ।

‘मैले मेयर सापसित कुरा गरेको छैन, नगर प्रवक्ता र वडा अध्यक्षसित कुरा गरे, वहाँहरुले खाली गर्न पर्छ, भत्काउनै पर्छ भनेपछि सर्वोच्च गएको छु’ उनले भने,‘वहाँहरुले भने जस्तै तत्काल मैले यसलाई अन्यत्र लैजान पनि सक्ने अवस्था छैन ।’

तत्कालिन महेन्द्रनगर नगर विकास समितिसित गरिएको लिज सम्झौता अवधि अनुसार व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने पाठकले बताए ।

‘सम्झौता अवधिसम्म व्यवसाय सञ्चालन गर्न दिनु पर्छ भन्ने माग हो, सम्झौता गरिएको कागजात नगरपालिकामा दिइ सकेका छौ’ उनले भने,‘यो लिगल कारोबार हो, अपराध गरेको छैन, चोरी पनि गरेको छैन, अनि विना कारण सजाय दिन मिल्छ त ?’

भीमदत्त नगरपालिकाले भने अनुसार तत्काल डेरीलाई खाली गर्न सक्ने अवस्था नभएको र अन्यत्र लैजान पाँच वर्षसम्म लाग्ने पाठकले बताए । ‘त्यसका लागि राज्यले समय दिनु पर्छ’ उनले भने ।

पाठक डेरीले २०६८ मा विश्व बैंकको अनुदान सहयोगमा सञ्चालित प्याक्ट परियोजना अन्र्तगत दुधको प्रशोधन र व्यवसायीकरणका लाागि ४० लाख अनुदान पाएको थियो । विश्व बैंकको अनुदान पाएपछि डेरीले तत्कालिन महेन्द्रनगर नगर विकास समितिबाट जमिन भाडा(लिज) मा लिएको थियो ।

अनुदान पाएपछि डेरीले दुध प्रशोधन गरी विभिन्न परिकार बनाएर बजारमा ल्याएको हो । त्यस अघि डेरीले औषधि व्यवसायी संघको भवन भाडामा लिएर दुध प्रशोधन थालेको थियो ।

अुनदान पाएर प्रशोधन केन्द्र सञ्चालनमा आएपछि डेरीको दुध चितवन र छुर्पी अमेरिका, जापान लगायततका देशसम्म पुगेको सञ्चालकले पाठकले बताए ।

हालसम्म डेरीमा ५ करोड बढी लगानी गरिएको छ । केही दिनभित्रै युरोपबाट एक करोड लगानी पर्ने मजुरिला चिज प्लान्ट आउन लागेको छ । यो प्लान्ट आएपछि डेरीमा मेसिनबाट चिज उत्पादन हुनेछ । पिजाका लागि चाहिने चिज हाल हातबाटै बनाउने गरिएको छ ।

डेरीमा गर्मीमा दैनिक ४ देखि ५ हजार लिटर र चिसोमा ८ देखि १० हजार लिटरसम्म दुध खपत हुने गरेको छ । दैनिक रुपमा ५ देख ७ हजार किसानको दुध डेरीले किन्ने गरेको छ ।

‘बजारको पैसा गाउँमा जाने यो एउटा महत्वपूर्ण माध्यम हो, दैनिक रुपमा ५÷७ हजार किसानको दुध आउँछ’ उनले भने,‘यो डेरी बन्द गर्न भनेको मेरो मात्रै होइन, यी ५÷७ हजार सबै किसानको उठीबास लगाउनु खोज्नु हो ।’

कञ्चनपुर जिल्लाभर डेरीका लागि दुई दर्जन बढी संकलन केन्द्र छन् । महेन्द्रनगर बजारमा मात्रै १० वटा बिक्री केन्द्र(आउटलेट) छन् ।

Himal dental
सम्बन्धित
Loading...