ghar sansar

भीमदत्तमा मात्तिए मेयर, अदालतको आदेश मान्दैनौ भन्दै प्रवक्ताले लगाए झाको घरमा डोजर

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले उच्च अदालत दिपायल महेन्द्रनगर इजलाशको अन्तरिम आदेश नमान्ने भन्दै चमनचोकस्थित एक घरमा डोजर लगाएको छ । वडा प्रहरी कार्यालय नजिक सुझा झाको दुई तले पक्की घरमा बिहीबार दिउँसो डोजर लगाइएको हो । डोजर लगाएर झाको घरको अघिल्लो भाग भत्काइएको छ ।

चार दिन अघि उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशले झाले अदालतमा दायर निषेधाज्ञा रिटमा अर्को आदेश नभएसम्मका लागि झाको घर नत्काउन भीमदत्त नगरपालिका र भीमदत्त नगर विकास समितिको नाममा अन्तरिम आदेश दिएको थियो ।

mantra hos123

अदालतले अन्तरिम आदेश दिएको चार दिनपछि भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थी र भीनपा ४ का वडा अध्यक्ष सुशिल कुमार भट्टले सेना सहित सुरक्षाकर्मी परिचालन गरी झाको घरमा डोजर लगाएका हुन् ।

झाको घरमा डोजर लगाउन सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र भीमदत्तको नगर प्रहरी व्यापक परिचालन गरिएका छन् ।
घरभित्रका समान बाहिर ल्याउन नदिई घरमा डोजर लगाएको झाका आफन्तले बताए ।

‘मान्छे मात्रै बाहिर आउनु दियो, सर समान केही बाहिर ल्याउन दिँदैन’ झाका भाई पुरुषोत्तम झाले भने,‘हाम्रो कुरा केही सुनिएन, दादागिरी रुपमा डोजर लगाइयो ।’

नगर प्रवक्ता अवस्थीसित डोजर अन्तरिम आदेश आएकाले डोजर नलगाउँदा आग्रह गर्दा नगरपालिका अदालतमाथि माथि भएको र आदेश नमान्ने जवाफ दिएको झाले बताए ।

‘नगरपालिका अदालत भन्दा माथि छ, अदालतको अन्तरिम आदेश हामी मान्दैनौ भन्नु भयो’ उनले भने,‘अदालतको आदेश ल्याएका कारण हाम्रो घरमा डोजर लगाइयो ।’

डोजरले घर भत्काउने क्रममा जनप्रतिनिधिहरुले अदालतबाट आदेश ल्याउने सबैको घरमा डोजर लगाउने सार्वजनिक धम्की दिएको प्रत्यक्षदर्शीहरुले बताए ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको निर्देशनमा नगर प्रवक्ता अवस्थी र ४ नम्बरका वडा अध्यक्ष भट्ट डोजर लगेर झाको घर पुगेका हुन् ।

झाको घरमा डोजर लगाउन उनीहरु बाहेक अन्य वडाका वडा अध्यक्षहरु पनि पुगेका छन् । यस अघिसम्म अन्यत्र डोजर लगाउृँदा नगर प्रवक्ता र वडा अध्यक्ष भट्ट मात्रै देखिने गरेका थिए ।

तत्कालिन महेन्द्रनगर नगर विकास समितिबाट जग्गा लिएर झा परिवार १५ वर्षदेखि घर बनाएर बस्दै आएका हुन् । बाल बालिका सहित ६ जना बस्ने घरको विद्युत लाइन काटिएको छ । पानीको पाइप काटेर आपूर्ति बन्द गरिएको छ । अत्यधिक गर्मीमा नगरपालिकाले झाको घरको विद्युत लाइटन काट्न लगाएको हो ।

झा परिवारले कानुनी राज्यमा कानुनको पालना हुनु पर्नेमा गुण्डागर्दी शैलीमा घर तोडिएकोमा आक्रोश पोखेको छ । ‘कानुनी राज्यमा काुननको पालना हुन्छ, आम सर्वसाधारणदेखि राष्ट्रपतिसम्म सबैलाई समान कानुन लाग्नु पर्ने हो’ पुरुषोत्तम झाले भने,‘यो विषय अदालत पुगि सकेको थियो, त्यहींबाट हल हुनु पर्ने हो, फैसला हुनु पर्ने हो, तर यहाँ त अदालत मान्दैनौ भनेर नै तोडफोड गरियो, यो कानुनको उपहास हो ।’

झा परिवारले घरमा सिद्धि विनायक इन्टरपाइजेज सञ्चालन गरेको छ । सिद्ध विनायकका सञ्चालक सुधा झाले केही दिन अघि अदालतमा रिट दायर गरेकी हुन । भीमदत्त नगरपालिकाले घर खाली गर्न निर्देशन दिएपछि उनी अदालत पुगेकी हुन् ।

भीमदत्त नगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष भट्टले भने झाले अदालतबाट ५३१० नम्बर कित्तामा बनेको संरचनाका लागि अन्तरिम आदेश पाएको र उनको घर अर्को कि त्तामा भएकाले डोजर लगाएर भत्काएको बताए ।

‘अदालतबाट अन्तरिम आदेश पाएको कित्तामा घर बनेको छैन, त्यो हामी नापी कार्यालय गएर हेर्दा पनि पाएनौ’ उनले भने,‘अनाधिकृत रुपमा बनेको संरचना बनेकाले त्यसलाई भत्काएका हौ ।’

Himal dental
सम्बन्धित
Loading...