ghar sansar

एमाले बेदकोट नगर अध्यक्षमा हरि गिरी निर्वाचित

dirghayu ad

महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बेदकोट नगर अध्यक्ष हरि गिरी निर्वाचित भएका छन् । बेदकोट नगर कमिटीको दोस्रो अधिवेशनमा ७२ मत ल्याएर गिरी अध्यक्ष निर्वाचित भएका हुन् ।

कार्य वाहक नगर अध्यक्ष उनी बेदकोट १ का निवर्तमान वडा अध्यक्ष हुन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका थिए । 

ratnam malkhad

गिरीले अध्यक्ष उम्मेदवार विरेन्द्र बहादुर शाहलाई पराजित गरेका हुन् । शाहले ६० मत ल्याएका छन् । शाह निवर्तमान कमिटीमा सचिव थिए ।

नगर उपाध्यक्षमा जनक बहादुर विष्ट निर्वाचित भएका छन् । उनले भास्कर भट्टलाई ६ मतले हराएका छन् । विष्टले ७० र भट्टले ६४ मत ल्याए । विष्ट बेदकोट ९ का वडा अध्यक्ष पनि हुन् ।

सचिवमा ७२ मत ल्याएर बिरेन्द्र बहादुर बोहरा निर्वाचित भएका छन् । उनले खगेन्द्र नाथ र अन्तराम पन्त आनन्दलाई पराजित गेका छन् । नाथले ४९ र पन्तले १३ मत ल्याए । उप सचिवमा विरेन्द्र बहादुर महर र हरिना कुमार विष्ट भाट निर्वाचित भएका छन् ।

महरले ७३ र भाटले ६८ मत ल्याए । उप सचिवमा लक्ष्मीदत्त पन्त ५९ र कलावति ठगुन्नाले ५२ मत ल्याए ।

पदाधिकारी बाहेक नगर कमिटी सदस्य निर्विरोध भएका छन् । पदाधिकारीमा सर्वसम्मत गराउने अध्यक्ष मण्डलले अन्तिमसम्म प्रयास गरेको थियो । सहमति हुन नसकेपछि पदाधिकारीमा निर्वाचन गरिएको हो ।

Himal dental
सम्बन्धित
Loading...