
महेन्द्रनगर । काँग्रेस उप सभापति एबम् पूर्व उप प्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर महेन्द्रनगर आएका छन् । काँगे्रेस कञ्चनपुरको जिल्ला सम्मेलन उद्घाटनका लागि खड्का महेन्द्रनगर आएका हुन् । खड्काले आइतबार हुने जिल्ला सम्मेलनमा प्रमुख अतिथि हुने छन् ।
महेन्द्रनगर आएका खड्का शुक्रबार काँग्रेस कञ्चनपुर सभापति एबम् भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीसित महाकाली नदी किनार पुगेका छन् ।
काँग्रेस कञ्चनपुरले जिल्ला सम्मेलन उद्घाटनका लागि महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्मालाई बोलाउन छलफल गरे पनि अन्तिममा उप सभापति खड्कालाई आमन्त्रण गरिएको हो । काँग्रेसमा थापा वा शर्मालाई प्रमुख अतिथि बनाउन छलफल गरिएको थियो ।
काँग्रेस केन्द्रीय सदस्यद्वय रमेश लेखक र एनपी साउँदलाई सम्मेलनमा अतिथिका रुपमा सहज बनाउन उप सभापति खड्कालाई प्रमुख अतिथि बनाउन लागिएको हो । खड्का प्रमुख अतिथि हुने कार्यक्रममा लेखक र साउँद दुबै अतिथि हुने भएका छन् ।
पार्टीका महामन्त्रीद्वय थापा र शर्मा दुबै केन्द्रीय लेखक र साउँद भन्दा जुनियर हुन् । महामन्त्री दुबै काँग्रेस संस्थापन इतरका हुन् ।
गृह जिल्लामा जुनियर महामन्त्रीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्दा लेखक र साउँद दुबै राजनीतिक हैसियतमा पछाडि पर्ने अवस्था आएपछि उप सभापति खड्कालाई सम्मेलनका लागि प्रमुख अतिथि बनाएको हो ।
काँग्रेस संस्थापनका खड्का पार्टी सभापति सभापति शेर बहादुर देउवाका विश्वासिला खड्का हुन् । केन्द्रीय सदस्य लेखक र साउँद पनि देउवाका विश्वासिला हुन् ।
