एमालेमा लेखराज समेत लखेट्न थाले भीम रावललाई
महेन्द्रनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी विहीन बनाएका पूर्व उपाध्यक्ष भीम रावल विरुद्ध केन्द्रीय कमिटीका अन्य नेता पनि सार्वजनिक रुपमा अभिव्यक्ति दिन थालेका छन् ।
एमाले केन्द्रीय सचिव लेखराज भट्टले शुक्रबार महेन्द्रनगरमा भीम रावल विरुद्ध पार्टी कार्यक्रममा भाषण गरेका छन् । उनले भीम रावलले पार्टीमा आफूलाई अन्याय भएको भएको भन्दै हिँडेर केही नहुने चेतावनी दिए ।
एमाले भीमदत्त नगर कमिटीको दोस्रो नगर सम्मेलनको उद्घाटन समारोहमा केन्द्रीय सचिव अध्यक्ष केपी शर्मा ओलीसित झगडा गरी केही नपाउने समेत बताए ।
“भिम रावल तल तल आएर अन्याय भयो भनेर हिँड्नु भएको छ । उहाँले तल कुरो गरेर केही हुनेवाला छैन । उहाँ को झगडा अध्यक्ष जि संग होला तल भनेर केही पाइनेवाला छैन । उहाँलाई पार्टीले उपाध्यक्ष गृहमन्त्री , रक्षामन्त्री सबै थोक दिएकै हो अनि कसरी अन्याय भयो ? उहाँले अध्यक्षलाई मानेर जाने त्यही कुरो गर्ने हो । अहिले एमाले भनेको केपी ओलि को बिचारमा हिँड्को छ त्य्सैले जसको नेतृत्व उसैको बिचार हुन्छ । पार्टी को विधि नमान्ने अनि तल तल आएर गुट बनाएर अन्याय भयो भन्नू को कुनै तुक छैन ,’ उनले भने ।
एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालिन नेकपामा विघटन भएपछि अध्यक्ष ओलीले रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जबाट हटाएर भट्टलाई जिम्मेवारी दिएका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तत्कालिन नेकपामा रावलको पक्षमा देखिएपछि भट्ट असन्तुष्ट भएर विभाजनपछि एमाले भएका हुन् । एमाले नवौ अधिवेशनबाट सचिव भएका उनी अध्यक्ष ओलीका विश्वासिला मानिन्छन् ।
अध्यक्ष ओलीसित रावल नवौ महाधिवेशनमा अध्यक्ष चुनाव लडेपछि उनी पार्टीका सबै जिम्मेवारीबाट अलग गरिएको छ । पछिल्लो पटक काठमाडौंमा भएको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यको भेलामा सहभागी हुन नदिएपछि उनले आफू घुम्तीमा पुगेको बताएका थिए ।
राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यको भेलापछि सुदूरपश्चिममा केन्द्रीय सचिव भट्टले भीम रावल विरुद्ध सार्वजनिक रुपमा भाषण गरेका छन् । अध्यक्ष ओलीसम्मको सहज पहुँच बनाएका भट्ट एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन पार्टीमा शक्तिशाली थिए ।
प्रदेश अधिवेशनमा आफ्नै समूहका केन्द्रीय सदस्य दामोदर भण्डारीको साथ नपाएपछि उनले अर्को समूह बनाएका छन् । अध्यक्ष ओलीलाई पछ्याउँदै पछिल्लो पटक भट्ट रावल विरुद्ध सार्वजनिक रुपमा खनिएका हुन् ।
नगरर अधिवेशनको उद्घाटन गर्दै उनले पार्टी को नीति ठिक ढंगले कार्यकर्तासंग पुर्याउन पनि निर्देशन दिएका छन् ।
’पार्टीले मिसन ८४ भनेको छ त्य्सलाई बुझ्न पर्यो त्यो अगाडि मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग को संकल्प यात्रा सम्पन्न गरेको छ । त्यहाँबाट आएका कुरालाई पार्टीले संष्लेषण गरेको छ । अब त्य्सैलाई बुझेर मिसन ८४ मा जाने गरि कार्य गर्नुस् ,’उनले भने ।
अघिल्लो चुनाव आन्तरिक कारणले क्षति भएको भट्टले बताए । ’लोकप्रिय मतमा एक नम्बर भएको पार्टी प्रत्यक्ष तर्फ किन दोस्रो भयो भन्ने कुरो गहिरो गरि बुझ्नु भयो भने त्यहाँ आन्तरिक कारण ले केही ठाउँ गुमाउनु पर्यो । अब त्य्सो हुन नदिन पार्टी एकताबद्द हुनु पर्यो । पार्टीले अन्य पार्टी को भाँणो खाली गर्ने भनेको छ त्यसपछि त नेताहरू आफै एमालेमा आइहाल्छन । तर गुटबन्दी को नाममा आएका मान्छेहरुलाई पनि समाजबादी माओवादी माले भनेर भरिन लाको भाणो खाली गर्नु भएन । अहिले त्यस्तो भैरहेको छ , यहाँ आएका सबै एमाले हुन त्यसरी नै बुझ्नु पर्यो ,’ उनले भने ।
एमाले केन्द्रीय सचिव भट्टले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, दैजीमा औद्योगिक क्षेत्र आफूहरुले बनाउन शुरु गरेको भएपनि कांग्रेसका नेताहरूले भ्रम फैलाउने कोशिश गर्दा पनि एमालेका नेता कार्यकर्ताहरुले प्रतिवाद गर्न नसकेको गुनासो गरे ।
दोधारा चाँदनीमा भट्टले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री हुँदा सुख्खा बन्दरगाह बनाउने घोषणा गरेका थिए ।