भीमदत्तमा भ्रमणमा मात्रै सकियो ३० लाख

lotus institute

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले भ्रमणको नाममा ३० लाखभन्दा बढीको बजेट खर्च गरेका छन् । स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्वन्धि ऐन २०७५ तथा भ्रमण खर्च नियमावली २०६४ बमोजिम पालिकाले कर्मचारी र पदाधिकारीलाई भ्रमण खर्च र अनुगमन खर्चको नाममा ३० लाख २५ हजार ६५० रुपैयाँ भुक्तानी दिएको छ ।

Mahendranagar

तर यति ठूलो भ्रमणको नाममा खर्च गरिएको भए पनि अधिकांश भ्रमणको उद्देश्य र प्रयोजन कार्यालयकै कामका लागि भनेर स्पष्ट रुपमा खुलाइएको भने छैन्। साथै भ्रमणपछि तोकिएको ढाँचामा भ्रमण प्रतिवेदन पेस नगरेरै बजेट पचाउने काम भएको हो। भ्रमण अभिलेख अद्यावधिक गरेर समेत राखिएको छैन् ।

morning glory

कानुनी व्यवस्थाको कुनै पालना नगरेरै भीमदत्त नगरपालिकाले भ्रमणको नाममा यति ठूलो रकम खर्च गरेको हो । यसका साथै भीमदत्त नगरपालिकाले पालिकाभित्र कार्यरत केही कर्मचारीलाई दोहोरो भत्ता समेत बाँडेको पाइएको छ । नगरपालिकाको आर्थिक विवरणभित्र रहेको कारोबारको थप कार्य भनेर निर्णय नै गराएर विभिन्न कर्मचारीलाई दोहोरो भत्ता बाँडिएको छ ।

अतिरिक्त काम गरेको कुनै हाजिरी र अभिलेखबिना नै १५ जना कर्मचारीलाई ८ लाख १७ हजार ७ सय रुपैयाँ भुक्तानी गरिएको छ । सो रकम सम्वन्धित कर्मचारीबाटै असुल उपर गर्न महालेखा परीक्षकको कार्यालयले सुझाएको छ । भीमदत्त नगरपालिकाले राज्यकोषको रकम दुरुपयोग हुने गरेर मनलाग्दी रुपमा वितरण गर्दै आएको समेत पाइएको छ ।

saark school
सम्बन्धित
Loading...