
महेन्द्रनगर । नेकपा (एमाले) को मजदुर विशेष ईलाका कमिटीको अध्यक्षमा भोज बहादुर बुढाऐर निर्वाचित भएका
छन् । मजदुर विशेष इलाका कमिटीको दोस्रो अधिवेशनमा राम लाल यादवालाई पराजित गरी बुढाएर अध्यक्ष निर्वाचित भएका हुन् ।
अध्यक्षका आकाँक्षी दुबै जनाबीच सहमति हुन नसकेपछि नेतृत्वका लागि आइतबार मतदान गरिएको छ । कमिटीमा उपाध्यक्ष लक्ष्मीदेबी जोशी, सचिव नर बहादुर चन्द, उप सचिव सन्तमन बुढा, सरस्वती नाथ चयन भएका छन् ।
कमिटी सदस्यमा जित बहादुर सुनार, भानी चन्द, कलावति सिह ठकुरी, नारायण सिह ऐरी, जानकीदेबी टमटा, जयराज अोड, सिद्धकला नेपाली, जमुना राई र राम दमाई चयन भएका छन ।
उनीहरु अटो, यातायात, क्युपेक, गार्मेन्ट सुरक्षा श्रमिक र स्वरोजगारको प्रतिनिधित्व गर्दै सदस्य भएका हुन् ।
