ghar sansar

पूरानै योजना र कार्यक्रमलाई निरन्तरता दिँदै बेलौरीमा आगामी वर्षका लागि ७८ करोड बजेट पारित

little buddha academy
khasi

महेन्द्रनगर । बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ७८ करोड २ लाख ७० हजार बराबरको बजेट पारित गरेको छ । बेलौरी नगरपालिकाको १३ औं नगर सभाबाट शनिबार आगामी बजेट पारित गरिएको छ ।

नगर प्रमुख पोतिलाल चौधरीले नगर सभामा नीति तथा कार्यक्रम र नगर उपप्रमुख जोगराम चौधरीले बजेट प्रस्तुत गरे । नगरपालिकाले आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएको छ ।

,orning glory badhai
dirghayi clinic

स्वरोजगारमूलक कार्यक्रमका लागि नगर उद्यमशीलतालाई समेत नगरपालिकाले जोड दिएको छ । नगरपालिकाले १० वटा वडा मध्ये न्यूनतम १२ लाख १५ हजारदेखि अधिकतम २४ लाख ७६ हजारसम्मको बजेट वडाका लागि विनियोजन गरिएको छ ।

मेयर चौधरीले आगामी वर्षभित्रै बेलौरी बाहिरी चक्रपथ निर्माणलाई बेलौरी नगर गौरवको आयोजनाको रूपमा विस्तार गरिने, बेलौरी भित्री चक्रपथ निर्माणलाई निरन्तरता दिइने, सबै वडाका मुख्य सडकहरूलाई कालोपत्रे गर्ने, नगर प्रमुख सुरक्षित आवास कार्यक्रमलाई निरन्तरता दिइने, बेलौरी छोटी भन्सारको स्तरोन्नतिका लागि सङ्घीय सरकारसँग पहल गरिने, विद्यार्थीहरूको कक्षागत तथा विषयगत नतिजा सुधारका लागि विद्यालयको संस्थागत क्षमता विकासका कार्यक्रमलाई प्राथमिकता दिइएको नगर प्रमुख चौधरीले बताए ।

नगर सभामा बजेट विवरण प्रस्तुत गर्दै बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले आगामी आर्थिक वर्षमा रिङ रोडको निर्माण कार्य गरिने, वडा कार्यालयको निर्माण, अक्सिजन प्लान्ट निर्माण गरिने, १५ शय्याको अस्पताल निर्माण, बेलौरी नगरपालिका लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकाको सहकार्यमा दमकल खरिदका लागि आवश्यक पहल गर्ने, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाको सहकार्यमा फोहोरमैला व्यवस्थापन लगायतका विषय बजेटमा प्राथमिकता दिइएको बताए ।

तेह्रौँ नगर सभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१।०८२ को नीति, कार्यक्रम तथा बजेट पारित समेत गरिएको नगर प्रवक्ता हर्क बहादुर भुलले बताए ।

Himal dental
सम्बन्धित
Loading...