ghar sansar

लालझाडीको आगामी बजेट ५१ करोड ८३

little buddha academy
khasi

महेन्द्रनगर । लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ५१ करोड ८३ लाख बजे ल्याएको छ । गाउँपालिकाको १६ औं गाउँ सभामा नीति, कार्यक्रम सहित बजेट पारित गरिएको छ ।

गाउँपालिका अध्यक्ष निर्मल रानाले नीति तथा कार्यक्रम र उपाध्यक्ष सपना चौधरीले बजेज प्रस्तुती गरेकी हुन् । “सन्तुलित विकास एवम् दिगो पूर्वाधार; समृद्ध लालझाडीको आधार” भन्ने नारा राखेर आगामी बजेट ल्याइएको छ ।

,orning glory badhai
dirghayi clinic

गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी, सरसफाई, स्वरोजगारमूलक उद्यमशिलता लगायतका योजनालाई बजेटमा प्राथमिकता दिएको छ ।

गाउँपालिकाका प्रवक्ता आशाराम रानाले वडा नम्बर १ लाई ४५ लाख, वडा नम्बर २ लाई ४० लाख, वडा नम्बर ३ लाई ४१ लाख, वडा नम्बर ४ लाई ५० लाख, वडा नम्बर ५ लाई ३६ लाख र वडा नम्बर ६ लाई ३६ लाखसम्मको रकम विनियोजन गरिएको जानकारी दिएका छन् ।

गाउँ सभामा सेवा निवृत्त २ जनालाई महिला स्वयंसेविकाहरूलाई नगद ५१ हजार सहित बिदाइ र स्वैच्छिक अवकाश लिनुभएका २ जना महिला स्वयंसेविकाहरूलाई कदर पत्र प्रदान गरिएको छ । पालिकाका भित्र रहेका ३ वटा स्वास्थ्य चौकीका प्रमुख र ३ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत प्रमुखलाई समेत सम्मान गरिएको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारका विना विभागीय मन्त्री बीर बहादुर थापाले गाउँ सभालाई सम्बोधन गर्दै प्रदेश सरकारबाट लालझाडी गाउँपालिकाका लागि विनियोजित बजेट पर्याप्त नभए पनि आगामी दिनमा बजेटका लागि पहल गर्ने उल्लेख गरे ।

Himal dental
सम्बन्धित
Loading...