ghar sansar

कृष्णपुरका मेयरले ह्वात्तै बढाए हेडसरको भत्ता

janjyoti campus

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको भत्ता बढाएका छन् । कृष्णपुर नगरपालिकाको १५ औं नगर सभाबाट आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि भत्ता रकम दुई सय प्रतिशत वृद्धि गर्ने निर्णय गराएका हुन् ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई हाल पाँच सय भत्ता दिने गरिएको छ । कृष्णपुरमा ३३ सामुदायिक विद्यालय छन् । कृष्णपुरका मेयर ओझाले प्रधानाध्यापकको भत्ता रकम थोरै भएकाले वृद्धि गरिएको बताए ।

western public academy
dirhayu

यसैगरी नगर सभाबाट विद्यालयमा छात्राबास सञ्चालन, अंग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयलाई आर्थिक सहयोग गर्ने लगायतका शिक्षा सम्बन्धि कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको मेयर ओझाले जानकारी दिए ।

नगर सभाबाट आगामी आर्थिक वर्षका लागि ९७ करोड ५ लाख ६० हजारको बजेट पारित गरिएको छ । आगामी वर्ष नगरपालिकाको आन्तरिक आम्दानी ६ करोड पुगाउने लक्ष्य राखिएको छ ।

नगर सभामा मेयर ओझाले नीति तथा कार्यक्रम र उप मेयर द्रोपती रानाले बजेट प्रस्तुत गरेकी हुन् ।

Himal dental
सम्बन्धित
Loading...