Sarsoti

झण्डै अर्ब पुग्यो बेदकोटको बजेट

lotus institute

महेन्द्रनगर । बेदकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ९८ करोड ५७ लाखको बजेट ल्याएको छ । बेदकोट नगरपालिकाको १५ औं नगर सभाबाट सोमबार वार्षिक नीति, कार्यक्रम र बजेट पारित गरिएको छ ।

नगर सभामा नगर प्रमुख भोजराज बोहराले आगामी नीति तथा कार्यक्रम र उप मेयर तुलसी जोशीले बजेट प्रस्तुत गरेकी थिइन् । नगर सभा छलफल गरी नीति, कार्यक्रम र बजेट पारित गरिएको छ । बजेटमा ७३ करोड ३३ लाख चालु खर्च र २५ करोड २४ लाख पूँजीगत खर्च पारित गरिएको छ ।

morning glory

बेदकोटका मेयर बोहराले बेदकोटलाई समृद्ध र समुन्नत नगर बनाउने लक्ष्य सहित नीति, कार्यक्रम र बजेट आएको बताए ।

उनले वासिन्दाको जनजीविकासित प्रत्यक्ष रुपमा जोडिएका स्वास्थ्य, शिक्षा, पशु, कृषि, वन एबम् महिला विकासका क्षेत्रलाई प्राथमिकता दिइएको जानकारी दिएका छन् । बजेटमा ६ करोड ९० लाख आन्तरिक स्रोतबाट पूर्ति हुने लक्ष्य लिइएको छ ।

यसैगरी वित्तीय समानीकरण अनुदान १४ करोड ५० लाख, राजश्व बाँडफाँट १३ करोड २४ लाख, संघीय सरकार सशर्त अनुदान चालु २८ करोड ७३ लाख, संघीय विशेष अनुदान ३ करोड, संघीय समपुरक अनुदान १ कराड २० आउने प्रक्षेपण गरिएको छ ।

Mahendranagar

प्रदेश सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदान १ करोड ३६ लाख, विशेष अनुदान १ करोड, सवारी साधन कर बाडफाँट ७८ लाख ८९ हजार हुने बजेटमा उल्लेख गरिएको छ ।

बेदकोटले घर जग्गा रजिष्ट्रेशनबाट १ करोड आम्दानी हुने अनुमान गरेको छ । आन्तरिक आम्दानी ६ करोड ८ लाख र सामाजिक सुरक्षा भत्तामा २२ करोड खर्च गर्ने अनुमान गरिएको छ ।

बजेटमा वडा स्तरबाट छनौट भएर आएका योजानलाई प्राथमिकता दिइएको उप मेयर जोशीले बताइन् । बेदकोटका सबै वडाका लागि ५ करोड २८ लाख बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले विषयगततर्फ शिक्षा २५ लाख, स्वास्थ्य ६० लाख, कृषि शाखा ४० लाख पशु सेवा शाखा ३५ लाख, बजेट विनियोजन गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा २० लाख र सूचना प्रविधि शाखामा २ लाख, उद्योग विकास शाखा ५ लाख, सहकारी शाखामा ५ लाख, वन तथा वातावरणमा २ लाख, राजश्व शाखा ३ लाख बजेट विनियोजन गरिएको छ ।

saark school
सम्बन्धित
Loading...