वैवाहिक बलात्कार

Amity

बलात्कारका अन्य घटना जस्तै अहिले वैवाहिक बलात्कारका घट्नाहरुमा पनि वृद्धि हुँदै गएको छ । कञ्चनपुर जिल्लामा पनि वैवाहिक बलात्कारका घटनाहरु एकपछि अर्को दर्ता हुने क्रम जारी छ । केही समय अघी नेपालको लोकप्रिय गायन रियालिटी सो नेपाल आइडल सिजन २ का विजेतासमेत रहेका गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दर्ता भएको छ भने त्य अघी पनि एक जनालाई कारवाही नै भएको छ । त्यस्तै वैवाहिक बलात्कारको मुद्दामा एक जना अहिले पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–१० शिवनगरका ३३ वर्षीय ओबजंग शाह वैवाहिक बलात्कारको मुद्दामा पक्राउ परेका छन् । उनलाई नेपालगञ्जबाट पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार शाहकी श्रीमतीले दिएको किटानी जाहेरीको आधारमा जिल्ला अदालत कैलालीले असार ३ गते शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई सोमबार पक्राउ प्रहरी हिरासतमा राखिएको छ । अहिले जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान जारी छ । वैवाहिक बलात्कारलाई दण्डनीय बनाउन अधिवक्ता मीरा ढुंगानाले २०५८ सालमा हालेको रिटमा २०५९ साल वैशाख १९ मा सर्वोच्च अदालतले सरकारका नाममा परमादेश दियो त्यसको चार वर्षपछि कानून बन्योे । जसमा श्रीमानले गर्ने वैवाहिक बलात्कारमा ३ देखि ६ महीनासम्म कैदको व्यवस्था गरियो । त्यसपछि केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन–२०७२ ले दण्ड–सजाय बढाएर तीनदेखि पाँच वर्ष पु¥याएको छ । तर पनि यस प्रकारकको घटनाहरुको संख्या कमी भने आउन सकेको छैन् । मुलुकी ऐन–२०२० को जबरजस्ती करणीको महलको दफा–३ अनुसार लोग्नेले स्वास्नीलाई जबरजस्ती करणी गरेमा तीनदेखि पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

janjyoti campus

मुलुकी अपराधसंहित ०७४ को दफा ११९ (४)मा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने व्यवस्था छ । यस्तो कानुन बने पछि वैवाहिक बलात्कारका घटना बढन थालेका हुन । सबैले कानुनी अहिकार पाउनु राम्रो र सुखद पक्ष हो । तर त्यो कानुनको दुरुपयोग गरेर बार्गेनिङका लागि कानुनलाई हतियार बनाउन खोज्नु राम्रो पक्ष होइन । दम्पत्तिबीच मनमुटाव हुँदा, अन्य व्यक्तिसँग श्रीमान वा श्रीमतीको सम्बन्ध भएको एक अकाले थाहा पाउँदा वा श्रीमानलाई छाड्न चाहेपछि वैवाहिक बलात्कारसम्बन्धी कानुनको दुरुपयोग हुने गरेको पाइएको छ ।

श्रीमानले अंश नदिएमा पनि अन्य बाटो छाडेर श्रीमतीले सो कानुनलाई दुरुपयोग गर्ने गरेको प्रहरीको अनुसन्धनबाट खुल्न आएका घटनाहरु पनि छन् । नेपाली समाजले विवाहपछि श्रीमानस“गको यौन सम्पर्कलाई मान्यता दिन्छ । तर, श्रीमतीको इच्छाविपरीत हुने जबर्जस्ती यौन सम्बन्धलाई वैवाहिक बलात्कार मानिन्छ । लोग्ने र स्वास्नीबीचमा पनि सहमति नभइ यौन सम्बन्ध राख्न नपाइने कानुनी व्यवस्था छ । यो व्यवस्थाले कतिपय श्रीमानबाट पीडित महिलालाई न्याय दिलाउन खोजेको छ भने धेरैजसो श्रीमानहरु यो कानुनबाट पीडित बनेका छन् । भन्न त हाम्रो समाजलाई पुरुषप्रधान भएकोले महिलामाथि अन्याय हुने गरेको भन्ने पनि गरिन्छ । समाजमा विवाह पछि महिला माथि जे गरे पनि हुन्छ भन्ने खालको बुझाईको कारणपनि वैवाहिक बलात्कार हुने गरेको भनिन्छ तर यो कानुन कार्यान्वयनमा आए पछि धेरै जसो श्रीमानहरुले पीडित हुनु परेको छ ।

ghar sansar
सम्बन्धित
Loading...