ghar sansar

दोधारा चाँदनीमा लागु औषध न्यूनीकरणका लागि अभिमुखीकरण

khasi

महेन्द्रनगर । दोधारा चाँदनीमा समाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा तथा स्वीट नेपाल कञ्चनपुरको आयोजनामा सञ्चालित लागु औषध कुलत न्युनीकरणका लागि पालिका स्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको प्रमुख आतिथ्यमा गरिएका कार्यक्रममा उप मेयर गंगा जोशी र जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश जोशी विशिष्ठ अतिथि थिए ।

Anant bahu travels

कार्यक्रममा मेयर लिम्बुले आफनो नगरपालिकामा पनि लागु औषध प्रयोगकर्ताको समस्या रहेको र यसको समाधानका लागि समेत पालिकाले बजेट बिनियोजन गरी कार्यक्रम गरिरहेको र यो अभियानका लागि निरन्तर खटिने प्रतिबद्धता गरे ।

dirghayi clinic

उप मेयर जोशीले लागु औषध नियन्त्रणका लागि सधैं आफू सधै लागि परेको र अझै खेलकुदको माध्यमबाट यस्ता समस्या समाधान हुने भएकोले नगरपालिकाले बजेट व्यवस्था गर्ने बताइन ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले सहजीकरण गरे । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका अधिकारकर्मी मथुरा पन्त,खिमाचन्द सनसेटका अध्यक्ष रमेश भण्डारी, समाजिक अभियन्ता लक्ष्मी भट्ट, निर्मला सुनार अमृत विक,दुर्गा बडुवाल लगायतले लागु औषध नियन्त्रणका लागि सबैले आ–आफनो ठाउँबाट लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

दोधारा चाँदनीका सबै वडाका ७५ भन्दा बढी युवायुवती सहभागी कार्यक्रम सम्बन्धि जानकारी संस्थाका कार्यक्रम प्रबन्धक अमृत सुनारले गराए । स्वीट नेपालका परियोजना संयोजक मिना आउजीले सञ्चालन गरेको कार्यक्रममा प्रबन्धक अमित सुनारले स्वागत मन्तव्य राखे ।

कार्यक्रममा लागु औषध प्रयोग नगर्ने प्रयोग हुन नदिने ओसारपसार हुन नदिने बिषयमा छलफल गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...