ghar sansar

धान दिवसको सार्थकता

khasi

यस वर्ष समयमै मनसुन सक्रिय भएर पानी पर्न थालेपछि किसानहरूको धान रोपाइँ सुरू भएको छ । सिँचाईको सुविधा भएका ठाउँहरुमा केही अगाडि नै धान रोपाइ सुरू भैसकेको भए पनि मनसुन सक्रिय भएर थप पानी पर्न थालेपछि आकाशको पानीमा निर्भर हुनुपर्ने ठाउँहरूमा पनि रोपाइ सुरू भएको छ । नेपाल सरकारले असार १५ गतेलाई धान दिवसको रुपमा मनाउने गरेको छ र असार १५ सम्ममा धेरै किसानले धान रोपी सकेका पनि छन् । यस वर्ष सरकारले जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ २१ औं राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाएको छ ।

dirghayi clinic

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको थियो । धान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले धान बालीमा जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताएका छन् । २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव, २०८१ का अवसरमा चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताएका छन् ।

Anant bahu travels

धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा पनि रोपाइ कार्यक्रम आयोजना गरिएको छ । रोपाइ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रूपमा रोपाइमा सहभागी भएको बताए । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष धान दिवस मनाइदै आएको छ । तर कृषिको परनिर्भरता कम गर्न सकिएको अवस्था छैन । प्रत्येक वर्ष कृषि उत्पादन आयात गर्नु पर्ने अवस्था विद्यमान छ । सरकारले कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिए पनि चालु आर्थिक वर्ष २०८०÷८१ को ११ महिनामा करिब २१ अर्ब रूपैयाँको धान–चामल आयात भएको छ । हरेक वर्ष सरकारले धान उत्पादन बढाउने र आत्मनिर्भर बन्ने लक्ष्यसहित असार १५ गते राष्ट्रिय धान दिवस मनाउँदै आएको छ । तर लक्ष्यअनुसार उत्पादन नहुँदा अर्बौंको धान, चामल आयात गर्नुपरेको छ ।

भन्सार विभागका अनुसार ११ महिनामा ३९ करोड किलो धान–चामल आयात भएको छ । भारतदेखि अमेरिकासम्मबाट चामल आयात भएको छ । यस अवधिमा ८८ करोड ६५ लाख २१ हजार रूपैयाँको २१ लाख सात हजार दुई सय ३३ किलो धानको बिउ, ११ अर्ब ५५ करोड २५ लाख रूपैयाँको धान, आठ अर्ब ६९ करोड रूपैयाँको चामल आयात भएको तथ्यांक विभागसँग छ । किसानलाई उन्नत जातको धानको बिउ, आवश्यक परेका बेला रासायनिक मल, सिँचाइ सुविधा, धान रोप्न मेसिन औजार आदिको व्यवस्था गर्न नसक्दा उत्पादन वृद्धि हुन नसकेको हो । धानको उत्पादन र उत्पादकत्व घट्दा र उपभोग बढ्दा नेपालले चामलमा विदेशको भर पर्नुपरेको हो । धानको उत्पादन वृद्धिका लागि धान अनुसन्धान र विकासमामा पर्याप्त लगानी आवश्यक छ । यस्तै सिँचाइ सुविधामा बढोत्तरी गरिनुपर्छ । स्थानविशेष बढी फल्ने धानको जातको विकास र बिउको छनोटमा जोड दिइनुपर्छ । सिफारिस मलखादको प्रयोग, कृषि यान्त्रिकीकरणमा जोड, स्थानीय सरकारको प्रतिबद्धता नै धान उत्पादन वृद्धि हुन सक्छ र राष्ट्रिय धान दिवसले सार्थकता पनि पाउ छ ।

Himal dental
सम्बन्धित
Loading...