ghar sansar

फेरि बदलिँदै सरकार

khasi

सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार तीन घण्टा छलफल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित उनको पार्टी नेकपा माओवादी केन्द्र सशंकित भएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रक्रियामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच टकराव सृजना भए पछि सत्ता परिवर्तनको खेल सुरु भएको अनुमान गर्न थालिएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्दा ओलीले आफुनिकट व्यक्तिलाई अध्यक्ष बनाउनुपर्ने माग प्रचण्डसँग राखेका थिए । तर अर्थमन्त्री वर्षमान पुनले त्यो प्रस्ताव अस्वीकार गरेका थिए । उनले माओवादी निकट व्यक्तिलाई नै अध्यक्ष बनाउने प्रस्ताव अघि सारेका थिए ।

dirghayi clinic

सोही प्रकरणमा ओली–प्रचण्ड टकराव सुरु भएपछि धितोपत्र बोर्डको अध्यक्षको लागि पहिलो चरणमा छनिएका पाँच उम्मेदवारमध्ये तीन जना अन्तर्वार्तामा सहभागी नै भएनन् । छानिएका पाँच जनामध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तर्वार्तामा उपस्थित भए । नेपाल धितोपत्र बोर्ड ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ । दुई जना मात्रै उपस्थित भएपछि सिफारिस प्रक्रिया अगाडी बढन सकेने । तीन जनाको नाम सिफारिस गर्नैपर्ने वध्यात्मक अवस्थाका कारण प्रक्रिया अगाडी नबढे पछि एमाले अध्यक्ष ओलीले तीनजनालाई अन्तरवार्ताका लागि नपठाउनुको दोष प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई लगाएका थिए ।

त्यही घटनाबाट ओली प्रचण्डसँग बढी रुष्ट भएको बेला देउवासंगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमालेले सरकारसँग शक्ति बाँडफाँट सन्तुलित हुनुपर्ने माग राख्दै आएको छ । यसबाहेक बजेटमा पनि एमाले असन्तुष्टि जनाउँदै आएको छ । गत फागुन २१ मा माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग गठबन्धन बनाएको प्रचण्ड सरकारका दिनगन्ति सुरु भएको अडकलहरु गरिन थालेका छन् । राजनीतिक परिवर्तनको आन्दोलनमा संगै हिँडेको कांग्रेस र एमाले सत्ता सहकार्यमा मिल्न नसक्दा टुप्पोबाट पलाएकाहरुको चुरी फुरी बढनुको साथै मुलुकमा अस्थिरता छाएको छ ।

यी दुइ ठूला दलहरु मिलेर सरकार बनाउने हो भने मुलुकमा स्थीरता पनि कायम हुने र दुई चार जना सांसद भएका दलहरुलाई सरकार टिकाउन खुसी पार्न मन्त्री पनि दिइ राख्नु नपर्ने भएकाले यी दुइ दल मुलुकको हितको लागि मिल्न जरुरी छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले धोका दिएका दलहरु सबै एक ठाउँमा उभिए के हालत हो भनेका थिए । अहिले धोका खाएकाहरु एक ठाउँमा उभिने संकेत देखिएकोले सरकार परिवर्तन हुने हल्लाले व्यापकता पाएको छ । हावा नचलि पात हल्लिन्न भनिन्छ सरकार परिवर्तन हुनु अपरिहर्य भएकोले एमाले कांग्रेसले हल्लालाई सार्थक रुप दिन जरुरी छ ।

Himal dental
सम्बन्धित
Loading...