पूर्व गृहमन्त्री थापाका छोरा प्रतिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

महेन्द्रनगर । काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा रहेर मुद्दा पुर्पक्ष गर्न पाउने आदेश गरेको हो ।

janjyoti campus

प्रतीकलाई सीआईबीको टोलीले असार १४ गते बौद्धबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए ।

ghar sansar
सम्बन्धित
Loading...