ghar sansar

सडक निर्माणमा ढिलाई गरिएको भन्दै बेलौरी नगरपालिकामा धर्ना

khasi

माधव पौडेल
बेलौरी (कञ्चनपुर) । बेलौरी भन्सार सडक निर्माणमा ढिलाई गरिएको भन्दै बेलौरी नगरपालिका कार्यालयमा स्थानीयले धर्ना दिएका छन् ।

बेलौरी बजार–नेपाल भारत सीमा भन्सार सडक) को डिपिआर बनिसक्दा समेत सडक निर्माणमा पालिकाले निर्णय कार्यान्वयमा चासो नदेखाएको भन्दै सडक संघर्ष समितिका पदाधिकारी बुधवार देखि अनिश्चितकालिन धर्नामा बसेका हुन् ।

dirghayi clinic

बेलौरी बजार देखि नेपाल भारत सीमा सम्म करिब ४ किलोमिटर सडकको डिपिआर तयार भइसक्दा समेत सडक निर्माणमा पालिकाले चासो नदेखाएकोले धर्नामा बस्नु परेको सडक संघर्ष समितिका संयोजक केशवराज जोशी बताए ।

संघर्ष समितिले दुई पटक नगरपालिकाको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउँदा समेत चासो नदेखाएपछि धर्ना बस्नुपरेको संयोजक जोशीले बताए ।

सडक निर्माणका लागि संघर्ष समितिले पालिका प्रमुख पोतिलाल चौधरीलाई माघ २६ गते १ सय ९६ र पुनः वैशाख २६ गते ४ सय ४२ जनाको हस्ताक्षरित ज्ञापन पत्र बुझाइसकेको छ । २०७८ सालमा भन्सार रोडको डिपिआर तयार भैसकेको छ, सडक अहिलेसम्म बनिसक्नु पर्ने हो’ संयोजक जोशीका अनुसार पालिकाले अतिक्रमित जग्गा खाली गराउन नसक्दा सडक निर्माणमा हुन नसकेको हो।आफूहरुले राखेको माग पूरा नहुन्जेल चरणबद्ध आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ ।

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी सँगको कुराकानी बेलौरी बजार–नेपाल भारत सीमा( भन्सार सडक)को सडक निर्माणको काम सुदुरपश्चिम प्रदेश सरकारको गौरव योजना अन्तर्गत रहेकोले नगरपालिकले प्रदेश सरकारलाई ज्ञापन पत्र बुझासकेको बताउँदै उक्त सडक निर्माणका लागि नगरपालिकाले गर्नुपर्ने सहयोगमा कुनै कसर नराख्ने बताए । सडक निर्माणको लागी आफू पनि संघर्ष समितिकै पक्षमा रहेको समेत बताए ।

Himal dental
सम्बन्धित
Loading...