ghar sansar

कृष्णपुरमा मौरी विकास पकेट कार्यक्रम, किसानलाई अढाई हजार लिचीका विरुवा वितरण

little buddha academy
khasi

महेन्द्रनगर । मौरी विकास पकेट क्षेत्रका किसानलाई विशेष प्राथमिकतामा राखेर कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा सिडलेस लिचीका दुई हजार चार सय बिरुवा वितरणको गरेको छ ।

नगरपालिकाको कृषि विकास शाखाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत बर्खे फलफूलका बिरुवा वितरण कार्यक्रम अन्तर्गत लिचीका बिरुवा वितरण गरेको हो। बजारमा लिचीका प्रतिबिरुवाको मूल्य दुई सय बढी रहेकामा ७५ मा बिरुवा खरिद गरी किसानलाई सोको आधा मूल्यमा उपलब्ध गराइएकोे नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।

,orning glory badhai

‘बिरुवा वितरणका लागि पहिलो प्राथमिकतामा कृष्णपुर–१ दोमिल्ला, कुमगडा, वडा नम्बर २ को खल्लागोठ, वडा नम्बर ४ को किंचाई, बैलकुण्डी र मालुवेलाका मौरीपालनमा लागेका किसानलाई राखेका छौँ, उनले भने त्यसपछि अन्य फलफूलखेती गर्न इच्छुक किसानलाई उपलब्ध गराएका छौँ।

dirghayi clinic

लिचीका फूलबाट मौरीले राम्रो मह सङ्कलन गर्ने भएकाले मौरी पकेट क्षेत्रका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पहिलो प्राथमिकतामा राखी बिरुवा वितरण गरिएको शाखा प्रमुख धामीले बताए ।

मौरी पकेट क्षेत्र बाहिरका फलफूलखेती गर्ने किसानलाई माग र आवश्यकताका आधारमा बिरुवा उपलब्ध गराइएको उनको भनाइ छ । एक लाख बजेटमा शाखाले लिचीका बिरुवा खरिद गरेको हो ।

खरिद गरिएका बिरुवा पचास प्रतिशत अनुदानमा दुईवटाका दरले एक हजार दुई सय किसानलाई वितरण गरिएको छ, शाखा प्रमुख धामीले भने।

उनका अनुसार बाह्य क्षेत्रबाट आयात हुने फलफूललाई विस्थापन गरी स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले प्रत्येक वर्ष किसानलाई फलफूलका बिरुवा वितरण गर्दै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...