महेन्द्रनगर । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र वोर्डको आयोजना तथा कञ्चनपुर उद्योग वाणिज्य संघ र दिपशिखा धितोपत्र कारोबार कम्पनी प्रा.लि. शाखा कञ्चनपुर सह आयोजक भएर एक दिने पूँजी बजार शिक्षा तथा जनचेतना कार्यक्रम गरिएको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष धर्म सिंह रावलको अध्यक्षतामा गरिएको कार्यक्रममा संघका कोषाध्यक्ष चेतराज जोशीले स्वागत मन्तव्य राखेका थिए । नेपाल धितोपत्र बोर्डका निर्देशक शंकर प्रसाद रिमाले कार्यक्रम सहजीकरण गरे ।
कार्यक्रममा स्थानीय उद्योगी व्यवसायी ब्रिक्स्टन कलेजका विद्यार्थी सहित एक सय १० जना सहभागी भए । संघका कार्यकारी अधिकृत हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा शेयर बजारमा हुने लगानी, जोखिम, कानूनी व्यवस्था, नेपाल शेयर बजार स्थापना र विस्तार तथा सूचना सम्बन्धि जानकारी दिइएको बाणिज्य संघका कार्यकारी अधिकृत हेमराज भट्टले बताए ।