एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष र महासचिव सर्वसम्मत चयन गरेको छ । पार्टी अध्यक्षमा माधव कुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका हुन् ।

बिहीवार बसेको सचिवालय बैठकले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई चयन गर्ने सहमति गरेको थियो ।

janjyoti campus

उक्त सहमतिलाई महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन हलमा पेस गरेका थिए । महाधिवेशन हलले उनीहरूलाई सर्वसम्मत चयन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको हो ।

गत असार १६ गतेदेखि काठमाडौँको कमलादीमा एकीकृत समाजवादीको १० औँ महाधिवेशन चलेको थियो । झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो । अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ ।

ghar sansar
सम्बन्धित
Loading...