

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति सदस्यमा ९३ जना सर्वसम्मत चयन भएका छन् । १६ गते सुरु भएको सो पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमार्फत ९३ सदस्यीय केन्द्रीय कमिटी सदस्य घोषणा गरिएको हो ।
अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षहरू राखेर ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन् ।

एकीकृत समाजवादीले १८ पदाधिकारी चयन गर्न बाँकी छ । केन्द्रीय समितिको बैठक शनिबार केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । कञ्चनपुरबाट उर्वादत्त पन्त र राम कुमार ज्ञवाली केन्द्रीय कमिटी सदस्य चयन भएका छन् ।
