Sarsoti

प्रहरीले समात्यो भन्सार छलीको कपडा

lotus institute

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले भन्सार छली गरी आएको कपडा बरामद गरेको छ । बिहीवार इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले अन्दाजी २ लाख एक हजार एक सय र इलाका प्रहरी कार्यालय बेलौरीले अन्दाजी ५२ हजार मुल्य बराबरका कपडा बरामद गरेको छ ।

Mahendranagar

यस्तै वडा प्रहरी कार्यालयले अन्दाजी ४३ हजार ५५२ मुल्य बराबरको गरी जम्मा २ लाख ९६ हजार ६५२ मुल्य बराबरका कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

morning glory

बरामद गरेका रेनकोट, कुर्ती, सुट, थान कपडा, धोती, पेटिकोट, गम्छा, गुट्खा, सुर्ति, बिँडि, पेय पदार्थ, दाल, चिनी, प्याज लगाएतका सामान कारबाहीको लागि भन्सार कार्यालय पठाइएको छ ।

saark school
सम्बन्धित
Loading...