ghar sansar

ठगी गर्नेहरुलाई संरक्षणमा सरकारका मुख्य निकाय खटिए : रमेश लेखक

dirghayu ad

महेन्द्रनगर । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभइ अग्रगमनका लागि हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख सचेतक लेखकले ठगी गर्नेहरुलाई संरक्षण गर्न सरकारका मुख्य निकायहरु खटाएर दुरुपयोग गरिएको बताए ।

उनले ठगी गर्ने मानिसलाई संरक्षण गर्न शक्तिशाली निकायको प्रयोग गरिएको बताए । उनले भने, ‘अहिले एउटा नयाँ प्रयोग हामीले ल्याएका छौँ । धेरै नयाँ त होइन, पुरानो प्रयोग नै हो । मुलुकमा यस्तै, यहाँ एक जना वक्ता बोलिरहनुभएको छ, भाषण गरिरहनुभएको छ, भाषण सकिनु भन्दा पहिला अर्को सरकार बन्ने स्थिति छ । त्यो स्थिति अब यसपछि अघि नबढोस् । राजनीतिक स्थिरता कायम हुन सकोस् । मुलुकमा विकास र समृद्धिका विषय अघि बढुन् । राष्ट्रिय हित र स्वार्थको रक्षा हुन सकोस्, हामीले संविधान जारी गरेको आठ वर्ष भइसकेको छ । संविधानको उचित समीक्षा गरेर यो संविधानको अभ्यासमा देखएका जटिलताहरु, यसका सबल र दुर्बल पक्षहरुको समीक्षा गरेर संविधानको पनि समसामूहिक संशोधन हुन सकोस् । संविधानको समसामूहिक संशोधन भन्दा संशोधन गरेर समसामूहिक संशोधन भन्दा कतिपय कमरेडहरुलाई पश्चगमन लाग्छ । यो पश्चगमन होइन, अग्रगमनका लागि गर्ने हो ।’

ratnam malkhad

प्रमुख सचेतक लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशिताको मुद्दालाई थप सुदृढ गर्न, थप उन्नत बनाउनका लागि संविधानको संशोधन गर्ने प्रस्तावमाथि छलफल अघि बढेको बताए । प्रमुख सचेतक लेखकले सहकारीका ठग जोगाउनका लागि राज्य सत्ताको दुरुपयोग गरिएको आरोप लगाए ।

साभार : ई कान्तिपुर

Himal dental
सम्बन्धित
Loading...