
महेन्द्रनगर । सत्तारुढ नेकपा माओवादी केन्द्र कञ्चनपुरले बाढी र डुबान पीडित वासिन्दालाई तत्काल राहत उपलब्ध गराउनु माग गरेको छ ।
माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेय र सचिव सहबीर सुनारले विज्ञप्ति प्रकाशित गरी जिल्लाभरिका बाढी पीडित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन, निजी घर सहितका क्षति भएका सम्पतिको क्षतिपूर्ति र भत्किएका सार्वजनिक सरचनाको पुर्ननिर्माणको माग अघि बढाउन माग गरेको छ ।

बाढीबाट ज्यान गुमाएका पीडित परिवारलाई समेत राहतका कार्यक्रम, विस्थापितलाई आवश्यकता अनुरुपका खाद्यान्न सहितका भौतिक सहयोग गर्न माओवादी केन्द्रको माग छ ।
