ghar sansar

शुक्लाफाँटामा सनवोरा नदीको झोलुङ्गे पुल भासिने खतरा, तत्काल तटबन्ध बनाउन माग

dirghayu ad
dirghayu clinic

महेन्द्रनगर । तीन दिनदेखिको अविरल वर्षापछि शुक्लाफाँटा नगरपालिकाको सनवोरा नदीमा आएको बाढीले वडा नं. ३ र २ जोडने झोलुङ्गे पुल जोखिममा पारेको छ ।

वडा नम्बर–३ तर्फको पिल्लर नजिकै तीव्र कटान गर्न थालेपछि उक्त पुल नदीको उच्च जोखिममा परेको हो । तत्काल संरक्षणका लागि तटबन्ध निर्माण नगरे पुल ढल्ने सम्भावना रहेको स्थानीय दानसिंह दहितले बताए ।

ratnam malkhad

‘पुल नजिकैबाट नदीले जग्गा कटानी गरिरहेको छ’, उनले भने, ‘तत्काल जोगाउन प्रयास थालिनु पर्छ ।’ वडा नम्बर–२ र ३ का बासिन्दाको नदी तर्ने एक मात्रै विकल्पका रुपमा उक्त झोलुङ्गे पुल रहेको उनले उल्लेख गरे ।

वडा नम्बर–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले वडा कार्यालयसँग पुल जोगाउन तटबन्ध निर्माणका लागि आवश्यक बजेट नभएकाले नगरपालिकासँग सहकार्य गरी विकल्प खोजिने बताए ।

Himal dental
सम्बन्धित
Loading...