ghar sansar

प्रधानमन्त्री प्रचण्डलाई विश्वास मत नदिन कांग्रेसको ह्विप

महेन्द्रनगर । नेपाली कांग्रेसले सरकारलाई विश्वास मत नदिने भएको छ । प्रमुख सचेतक रमेश लेखकले ह्विप जारी गर्दै विश्वास मत नदिन भनेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले शुक्रबारको प्रतिनिधि सभा बैठकमा विश्वास मतको प्रस्ताव पेस गर्दैछन् । शुक्रबारको प्रतिनिधि सभामा कांग्रेस सांसदहरूलाई अनिवार्य उपस्थित हुन पनि कांग्रेसले भनेको छ ।

‘असार २८ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कांग्रेसका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको छ,’ कांग्रेस संसदीय दलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन् । प्रधानमन्त्रीलाई विश्वास मत पाउन १३८ जना सांसदको साथ चाहिन्छ ।

कांग्रेस र एमालेबीत गत असार १७ गते नयाँ समीकरण बनाएर सरकार गठनको सहमति भएको थियो। प्रधानमन्त्रीले राखेको विश्वास मत प्रस्ताव निर्क्योल भएपछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुनेछ ।

कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली र पछिल्लो डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

Himal dental
सम्बन्धित
Loading...