महेन्द्रनगर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्तीबीच मन्त्रीको विषयमा चर्काचर्की परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने विषयमा देउवा र आरजु राणाबीच चर्काचर्की परेको हो ।
आरजुले ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बन्ने चाहना व्यक्त गर्दै आएकी छन् ।सोही क्रममा केही दिनअघि देउवाले आफुनिकट नेताहरुलाई आफ्नो निवासमा बोलाएका थिए । उनीहरु त्यहाँ पुग्दा देउवा र आरजुबीच चर्काचर्की परिरहेको थियो ।
प्रत्यक्ष चर्काचर्की देखका एक नेताले भने,‘आरजुजीले म मन्त्री बन्छु भनिरहनुभएको थियो । सभापतिजी कुरै नबुझ्ने भन्दै श्रीमतीसँग झर्किनुभयो । चर्काचर्की अलि पेचिलै थियो ।’
स्रोतका अनुसार आरजुले मन्त्री खाने दबाब दिएपछि अन्य नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा देउवा चिन्तीत छन् । आफु सभापति भएको र श्रीमती मन्त्री बनाउँदा त्यसको दोष आफुमा आइपर्ने बुझाई देउवाको भएको नेताहरु बताउँछन् ।