ghar sansar

बाढीले बागफाँटामा बर्बाद, वडा अध्यक्ष आफैं छन् पीडित

महेन्द्रनगर । भीमदत्त नगरपालिका १९ बागफाँटामा चार दिन अघिको भीषण वर्षापछि आएको बाढी र डुबानले ठूलो क्षति गरेको छ । मानवीय क्षति हुन नसके पनि स्थानीयको घर, खाद्यान्न, लत्ता कपडा लगायत क्षति भएका छन् ।

चुरे भएर आउने कालीखोला, चौधर नदीले कटान, पटानदेखि डुवान गरेको बाँगफाँटाले क्षति गेको छ । भीनपा १९ का वडा अध्यक्ष जग्गु राम चौधरीका अनुुसार झण्डै एक सय ५०घरधुरी डुबानमा परेका छन् ।

lotus institite

बाढीले बागफाँटामा काली खोलाको पुल भत्काई दिएको छ । पुल भत्काएपछि स्थानीयलाई आउजाउ गर्न समस्या भएको छ ।

daimond public

पुल भत्किएपछि बागफाँटाका लक्ष्मी, धर्मभक्त र शुक्रराज टोलका स्थानीय समस्यामा परेका छन् ।

भीनपा १९का वडाध्यक्ष जग्गुराम चौधरीले वाढीबाट आफुपनि स्वयम पीडित भएर विस्थापित भएको बताए ।

उनले घर भत्किएपिछ २४ असारदेखि पुरानो वडा कार्यालयमा बसेको बताए ।

‘हामी वाढीबाट भएको क्षतिको विवरण संकलन गर्दैछौँ, ‘वडा अध्यक्ष चौधरीले भने, ‘पीडितलाई राहत, पुर्नस्थापना, क्षतिग्रस्त संरचना पुर्निनिर्माणका लागि पालिका सहितका माथिल्ला निकायमा अनुरोध गछौँ ।’

Himal dental
सम्बन्धित
Loading...