ghar sansar

त्रिशुलीमा वेपत्ता यात्रु बाहक वसका एक यात्रुको शव भेटियो

महेन्द्रनगर । सिमलताल पहिरोमा बगेको बसका एक यात्रुको शव फेला परेको छ ।

शनिवार खोजी गर्ने क्रममा पहिरो गएको स्थानबाट अन्दाजी ५० किमि तल राप्ती नदी र नारायणी नदी मिसिने स्थान गोलाघाटमा भारत विहार सीतामडी जिल्ला बर्गनिया थानाग्राम जमुवा बस्ने २८ वर्षीय ऋषिपाल साहको शव भेटिएको हो । उनी काठमाडौंको जोरपाटीबाट बस चढेका थिए ।

खोलाले बगाएर बाहिर फ्याँकेको अवस्थामा उनको शव स्थानीयले भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए । साहको शव भेटिएको र उनको परिवारले सनाखत समेत गरिसकेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...