
महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार बिहान प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको शपथग्रहण दिउँसोका लागि तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने कार्यक्रमलगत्तै उनले पदभार ग्रहण गर्ने छन् ।

ओलीले एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार राति प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए। शुक्रबार बेलुका एमाले अध्यक्ष ओली नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहित शीतलनिवास पुगेर दाबी पेश गरेका थिए ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।
