ghar sansar

एमालेबाट विष्णु पौडेल उपप्रधान सहित अर्थमन्त्री बन्दै

khasi

महेन्द्रनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री रहने लगभग निश्चित भएको छ । जसमा एमाले र कांग्रेसका एक–एक जना उपप्रधानमन्त्री हुने निश्चित भएको कांग्रेस र एमालेका नेताहरूले बताएका छन् ।

dirghayi clinic

‘कांग्रेसबाट उपप्रधानमन्त्री राखौँ भन्ने अलि बढी जोड छ । त्यसो हुँदा दुई ठुला दलबाट एक–एक जना उपप्रधानमन्त्री राख्ने मोटो सहमति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको बुझिएको छ’, एमालेका एक शीर्ष नेताले भने, ‘त्यसो हुँदा हाम्रोतर्फबाट विष्णु पौडेलजीले अर्थसहित उपप्रधानमन्त्रीको जिम्मा पाउने निश्चित जस्तै छ ।’

ती नेताका अनुसार एमालेबाट बाँकी मन्त्री कोको बन्ने भन्नेबारे अध्यक्ष ओलीबाहेक अरू नेतालाई थाहा नभएको बताए ।

Himal dental
सम्बन्धित
Loading...