
उदयदेब सहकारीले यस वर्ष पनि शेयर सदस्यका एसईई उत्तीर्ण सन्तानलाई जेटीए अध्ययनका लागि छात्रबृत्ति दिने


महेन्द्रनगर । उदयदेब बहुउद्देश्यीय सहकारी संस्थाले एसईई उत्तीर्ण ५ जना विद्यार्थीलाई जेटीए अध्ययनका लागि छात्रबृत्ति दिने भएको छ ।

सहकारीले विगतदेखि संस्थाका शेयर सदस्यका सन्तानलाई जेटीए अध्ययनका लागि ५० प्रतिशत छात्रबृत्ति दिँदै आएकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको हो । सहकारीले सार्वजनिक सूचना जारी गरी छात्रबृत्तिका लागि निवेदन आव्हान गरेको छ ।

विद्यार्थीहरुले आफूले अध्ययन गरेको विद्यालयको सिफारिशm सहितका आवश्यक कगजात संस्थाको केन्द्रीय कार्यालय सहित संस्थाका सबै सेवा केन्द्रमा बुझाउन सकिने सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले जानकारी दिए ।

