

महेन्द्रनगर । वर्कशपका कामदार मृत भेटिएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–३ विशालनगरका ३५ वर्षिय जीवन लामा विद्युत प्राधिकरण नजिक मृत भेटिएका हुन् ।

भीमदत्त नगरपालिका–६ मा रहेको विनोद अटो वर्कशपमा काम गर्ने उनी मृत भेटिपछि शव महाकाली प्रादेशिक अस्पतालमा राखएिको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घट्नाको आवश्यक अनुसन्धान भईरहेको जानकारी दिएको छ ।
