ghar sansar

कञ्चनपुर प्रहरीले समात्यो दुई लाख मूल्य बराबरको अवैध समान

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ । गड्डाचौकी, त्रिभुवनवस्ती, बेलडाँडी र झलारीबाट प्रहरीले एक लाख ९८ हजार ३९८ मूल्यको सामान बरामद गरेको हो ।

dirghayi clinic

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले १ लाख ५५ हजार ७०५, इलाका प्रहरी कार्यालय बेलडाँडीले १४ हजार ७७३, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले २१ हजार र इलाका प्रहरी कार्यालय झलारीले ६ हजार ८ ७५ गरी जम्मा १ लाख ९८ हजार ३९८ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले तेल, टेनिसबल, सुट, चिनी, सोडा,पेय पदार्थ र कस्मेटिकका सामान बरामद गरेको हो । सामान जफत गरी थप कारबाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ले जनाएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...