भक्तानी नदिएको भन्दै महाकाली सिँचाई आयोजना तेस्रो चरणमा तालाबन्दी

Amity

महेन्द्रनगर । निर्माण व्यवसायीहरुले महाकाली सिँचाई आयोजना तेस्रो चरणको कार्यालयमा तालाबन्दी गरेका छन् । तेस्रो चरणले काम गरेको भुक्तानी नदिएको भन्दै कञ्चनपुर निर्माण व्यवसायी संघको अगुवाईमा सिँचाई कार्यालयमा तालाबन्दी गरिएको छ ।

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रसाद भट्टले गत आर्थिक बर्ष ०८०÷०८१ मा गरेको कामको भुक्तानी नगरेपछि बाध्य भएर तालाबन्दी गरेको बताए ।

janjyoti campus

‘हामीले पटक पटक गरेको कामको भुक्तानी मागे तर, कार्यालयले भोली भन्दाभन्दै टार्दै आयो, त्यो आर्थिक बर्ष पनि सकियो, तर भुक्तानी गरिदिएन, ‘उनले भने, ‘व्यवसायीले घरजायजेथा बैंकका राखेर सरकारको काम गर्दछन, तर सरकारी कार्यालयले भुक्तानी दिदैन ।’

अध्यक्ष भट्टले महाकाली सिँचाई तेस्रो चरणको चरम लार्पबाहीले भुक्तानी नपाएपछि व्यवसायी आत्महत्या गर्ने संघारमा पुगेको बताए । अध्यक्ष भट्टले काम गरेर भुक्तानी नदिने जिल्लाका सबै कार्यालयमा तालाबन्दी गरिने घोषणा समेत गरेका छन । व्यवसायीको तालाबन्दीले कार्यालयको कामकाज प्रभावित भएको छ ।

महाकाली सिँचाई तेस्रो चरण आयोजना कार्यालय महेन्द्रनगरको तथ्याङ्क अनुसार ७निर्माण कम्पनीको ४० करोड, ८४लाख, ४६ हजार, ४७१रुपैया भुक्तानी गर्न बाँकी छ ।

लुम्बिनी स्वच्छन्दबन्दन भगवती भेजीको १४करोड, ३०लाख, ८९४रुपैया, आरोग्य भेगिम सोसाईटी जेभीको १करोड, ८ लाख, २४ हजार ३९८रुपैया, गाल्वा निर्माण सेवा प्रालिको ३करोड, २१लाख, ७३ हजार, ५सय ७रुपैया, बराह डेभलपर्स प्रालिको ४करोड, ८२लाख, ४९ हजार, ४५९ रुपैया, केएस कन्स्ट्रक्सन प्रालिको ७करोड, १५लाख, ९८हजार ७४०रुपैया, नेपाल आर्दश÷तेज जेभीको ५करोड, ४१ लाख, १९ हजार ५८४रुपैँया र गीता साकुरा पावर जेभीको १६करोड, ९१लाख, ७९ हजार, ८८४रुपैया भुक्तानी गर्न बाँकी छ ।

महाकाली सिँचाई तेस्रो चरण आयोजना कार्यालय प्रमुख कुसाङ शेर्पाले माथिबाट बजेट नदिएपछि निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन नसकिएको बताए ।

‘हो उहाँहरुले काम सम्पन्न गरेर कार्यालयमा बिल सहितका सबै प्रंकृया पुरा गरिसकेका छन, ‘उनले भने, ‘तर हामीले माथि मन्त्रालय, विभागका ताकेता गरेको रकम समेत पठाई दिएन ।

 

ghar sansar
सम्बन्धित
Loading...